अरनिको राजमार्ग अन्तरगत पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको चामुन्डा पम्म नजिक टिपरले किच्दा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बा ७२ प ९७६२ नं को मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०२–०२४ प २५०१ नं को स्कुटरमा ठोकिएर सडकमा ढलेका तिमल्सिनालाई पांचखालबाट धुलिखेल तर्फ जादै गरेको बागमती प्रदेश ०१–००४ क २३२८ नम्बरको नीजि टिपरले किच्दा पाँचखाल ६ घर भएका व्यवसायी नारायण तिमल्सिनाको घटनास्थलमा नै मृत्यु भएको हो । तिमल्सिना पाँचखाल तामाघाट बजारमा रहेको पसल बन्द गरी आफ्नो स्थाई बसोवास ३८ किलो तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।
