श्री सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड धुलिखेल, वडा नंबर २ को ३१ औं बार्षिकोत्सव तथा २३ औं साधारण सभा आइतबार सम्पनन भएको छ । ३१ औं बार्षिकोत्सवमा प्रमुख अतिथी गोकुल बाँस्कोटाको उपस्थिति रहेको थियो र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु,दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष टिकाबल्धव सापकोटा, सहकारी अभियान्ताहरुको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि बाँस्कोटाले व्रmर्मशिल रविओपीले नेपालमै उदाहरणीय सहकारी संचालन गरेर किसानको आय आर्जन बढाउन भुमिका खेलेको स्पष्ट पार्नुभयो । उहाँले अहिलेको गठबन्धन सरकारले नेपाल र नेपालीको हितमा केही गर्न नसकेको प्रमाणित किसानहरुलाई रासायनिक मल समयमै दिन नसकेको सरकारले चार महिनादेखि दूध विक्री गरेको मूल्य नदिएर भएको उल्लेख गर्नुभयो । सोही निर्वाचन क्षेत्रका सांसद बाँस्कोटाले कृषकहरुको हितमा काम गर्न नसक्ने कृषि मन्त्रीलाई गोबर उपहार दिन कृषकहरुलाई अनुरोध गर्नुभयो । “राज्य जनतासँग भागेर जनताको समस्याको अपनत्व लिन नसक्ने उहाँले उल्लेख गर्नुभयो । किसानले ऋण गरेर, दश नंग्रा खियाएर विक्री गरेको, पसिना चुहाएको मूल्यको दूधको पैसा खै ? सरकार लुटेरा बनिरहेको छ ।” साधारण सभामा सहकारीले ६९ हजार लिटर दूध बेच्ने वडा अध्यक्ष अर्जुन न्यौपानेलाई उत्कृष्ट कृषकको रुपमा सम्मान गरेको छ । साथै संस्थाले १४ जना ६८ बर्ष उमेर पुगेका बृद्ध बृद्धालाई सम्मान, २०७९ सालको एस ई ई परिक्षामा उत्कृष्ट जि पि ए ल्याउने सामुदायिक र निजी बिधालयका १।१ छात्र र छात्रा गरि ४ जना बिधार्थीलाई समेत सम्मान गरेको छ । संस्थाका अध्यक्ष चर्तुभज तिमल्सिनाको अध्यक्षतामा सम्पन्न सभामा संचालक समितिका उपाध्यक्ष निरञ्जन गेलालले संस्थाले गरेको प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो । सहकारीले यसै बर्षबाट आफ्नो गाई फार्म समेत संचालन गरेको छ ।उक्त फार्ममा हाल ६० वटा गाई र तिनीहरुको बाच्छी रहेको छ। सहकारीले यस बर्ष मात्रै २५ लाख लिटर दुध उत्पादन तथा संकलन गरेको छ ।
