रंजितकार समाज काभ्रेको आयोजनामा विजया दशमी २०८०, शुभ दिपावली तथा नेपाल सम्वत ११४४ को सर्वसन्ध्यामा शुभकामना आदान प्रदान तथा चियापानका कार्यक्रममा तदर्थ समितिका संयोजक यशकुमार रंजितकार, रत्नकुश रंजितकार, केन्द्रीय सदस्य गणेश कुमार रंजितकार, केन्द्रीय सदस्य दुर्गालक्ष्मी रंजितकार, बुद्धभक्त रंजितकार, भवसागर रंजितकार लगायत काभ्रे जिल्लाका विभिन्न क्षेत्रबाट सहभागिता रहेको कार्यक्रमका सभापतित्व तदर्थ समितिका संयोजक यशकुमार रंजितकारले गर्नुभएको थियो ।
काभ्रे जिल्ला भरका रंजितकार दाजु भाइ, दिदी बहिनीहरुको उल्लेख सहभागीता रहेको भेलाबाट यशकुमार रंजितकारको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ । जिल्ला कार्य समिति अध्यक्षमा यश कुमार रंजितकार, उपाध्यक्षमा त्रिरत्न रंजितकार, सचिवमा भवसागर रंजितकार, कोषाध्यक्षमा मनकुमार रंजितकार, सदस्यमा बुद्ध भक्त रंजितकार, बाल गोपाल रंजितकार, बिपेन्द्र रंजितकार, जनकलाल रंजितकार, राजेश रंजितकार, किरण रंजितकार र अमीर रंजितकार सर्वसम्मतबाट मनोनयन भएका छन् ।
