IMG-LOGO

रेडियो टेलिभिजन मञ्चको शुभारम्भ

 मंगल, फागुन १८, २०७७  ---

काभ्रेमा रेडियो र टेलीभिजनका अध्यक्ष ,संचालक वा प्रतीनिधीहरुको साझा संगठनका रुपमा काभ्रे रेडियो टेलिभिजन प्रसारक मंच नामक संस्थाको स्थापना भएको छ ।शनिबार धुलिखेलमा एक कार्यक्रमको आयोजना गर्दै संस्थाको बिधिवत शुभारम्भ गरिएको थियोे । कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेश रजिष्टार कार्यालयका रेवती सापकोटाले विश्व भूमण्डलीकरणको प्रभाव संचार माध्यममा पनि परेकोले थप चुनौती थपिएको बताउनु भयो । संचार माध्यमहरुले साझा कार्यक्रम गर्ने सके विश्वासनियताका साथै दिगोपन बढने बताउनु भयो । संचार क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने बताउनु भएको उहाँले संचरका माध्ययम समय सापेक्ष ढंगले चल्न नसक्ने हो भने अस्तित्व खतरामा रहेको उल्लेख गर्नुभयो । विपद्को बेलामा समेत पत्रकारहरुले सुरक्षित रहेर समाचार संकलन गर्नुपर्ने बताउँदै प्रदेशको तर्फबाट प्रदेश भित्रका सबै पत्रकार महासंघ कार्यालयहरुका लागि २ ⁄ २ सेट आवश्यक समग्रीउपलब्ध गराइएको जानकारी दिनुभयो ।प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले संस्था स्थपना भन्दा पनि त्यसलाई टिकाउनु ठूलोकुरा रहेको बताउनु भयो । वागमति प्रदेशमा मात्रै २ सय वटा रेडियोहरु दर्ता भई सञ्चालन  भएका छन् । वागमती  प्रदेशमा ९०  वटा रेडियोहरुले नविकरण गरेका छन् । नेपालपत्रकार महासंघ प्रदेश ३ का उपाध्यक्ष यदुनाथ गौतमले छापा माध्यमका लागि अनलाइन मिडिया तथा टेलिभिजनका लागि युटुयुवका कारण चुनौती थपिएको उल्लेख गर्दै जनचाहना बमोजिमका समाचार सम्प्रेषण गनु सक्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेपालपत्रकार महासंघका पूर्व अध्यक्षहरु नारायण सापकोटा, महेश पौडेल, भोलाथापा बर्तमान अध्यक्ष मोतिरामतिमल्सिना, राष्टिय टेलिभिजन प्रशारण मञ्चका अध्यक्ष शंकर अधिकारी लगायते संचार क्षेत्रका विषयमा बोल्नुभएको थियो ।कार्यक्रममा उपस्थित महानुभावहरुले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै काभ्रेको संचार क्षेत्रको बिकासमा संस्थाले सहयोग पुराउन सकोस् भन्ने शुभकामना ब्यक्त गर्नुभएको थियो । काभ्रेमा हाल १२ वटा रेडियो र एक टेलीभिजन संचालन रहेका छ्न भने काभ्रे रेडियो टेलीभिजन प्रसारक मञ्चमा ९ वटा रेडियो र एक टेलीभिजन आबद्ध रहेका छन् । संस्थाका अध्यक्ष सचित खड्काको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले अन्य सम्पुणर् रेडियोहरुलाई पनि संस्थामा आवद्ध हुन अनुरोध गर्नु भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष रमेश प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो । महासचिव रामकृष्ण बन्जाराले कार्यक्रम सन्चालन गर्नु भएको । संस्थाले निकट भबिस्यमै सबै रेडियोमै एक साथ प्रसारण हुने गरि साझा रेडियो कार्यक्रम प्रसारण गर्ने समेत कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा कार्यक्रमका सभापति सचित खडकाले मञ्च स्थापनको उद्देश्य तथा कार्यक्रमका विषयमा प्रकाश पार्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्