काँठु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष त्रिरत्न राजवाहकको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाका सचिव हरिगोपाल मानन्धरकोे वार्षिक प्रगति प्रतिवेदन यशुराम राजवाहकले , कोषाध्यक्ष निर्मल मुस्याजुले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक दिपेन्द्र श्रेष्ठले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो । ३ हजार ९ सय ९३ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी १ करोड ७४ लाख २८ हजार ८ सय, ७ करोड ७४ लाख ९६ हजार ८ सय ४ बचत संकलन गरेको संस्थाको कुल आम्दानी १ करोड ५४ लाख ५७ हजार ६ सय ६२ रहेको बताइएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ काभे्रकी संचालक मञ्जु आचार्य घिमिरे , जिल्ला बचत संघ काभे्रका बरिष्ठ उपाध्यक्ष सागरनाथ कपाली, नेपाल रेडक्रस सोसाइटि काभे्र सभापति रघुनाथ हुमागाई , सामूदायिक रेडियो प्रसारक संघ काभे्र संयोजक रमेश प्रसाद न्यौपाने लगायत अन्य सहकारी संस्थाका प्रमुखहरु एवं शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाका उपाध्यक्ष इन्द्रलाल मानन्धरले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सल्लाहकार बुद्धरत्न मानन्धरले गर्नुभएको थियो । उक्त साधारण सभाले हरिगोपाल मानन्धरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्ष इन्द्रलाल मानन्धर, सचिव दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्ष निर्मल मुस्याजु, सदस्यहरु न्हुच्छेलाल मानन्धर, ओमप्रकाश नकर्मी, यशुराम राजबहाक, रबिन्द्र मानन्धर, र दिपीका कारञ्जींत रहनुभएको छ । राममाया मानन्धरको संयोजकत्वमा श्यामकृष्ण राजबहाक र समिर भैल रहेको लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ ।
