सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि ले शनिबार एकै दिन १४ वटा सेवा केन्द्रबाट २९ औं साधारण सभा सम्पन्न गरेको छ । प्रकास बञ्जाराले नेत्तृत्व गरेको समुदायिक साकोसको ५१ हजार २५ सेयर सदस्य रहेका छन् । संस्थाले नागरिक जन्मेदेख मृत्यु सम्म आवश्यक पर्ने आर्थिक क्रियाकलापमा सदस्यहरुलाई सेवा सुविधा र सहायता उपलब्ध गराउँदै आएको छ । सामुदायिक साकोसको युवा सेवा केन्द्रको साधारण सभा शनिबार बनेपा पार्टी भेन्युमा सम्पन्न भयो । बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतित्थ्यता र प्रचार प्रसार तथा प्रकाशन उपसमितिको संयोजक तथा संस्थाका सञ्चालक कौशलराज खड्काको सभापतित्वमा सम्पन्न भयो । बनेपा नगरपालिका उप प्रमुख बिमला सापकोटा दाहाल , बनेपा वडा नं ५ का अध्यक्ष बलराम अधिकारी, वडा नं ७ का अध्यक्ष हिटलर शाक्य, वडा नं १० का अध्यक्ष चन्द्रबहादुर खड्का, गणेश हिमाल तराई यातायात सेवा प्रालिका अध्यक्ष आत्माराम थापा, सामुदायिक रेडियो प्रसारक संघ काभे्र संयोजक एवं जिल्ला बचत संघ काभे्र सञ्चालक रमेशप्रसाद न्यौपाने, छिमेकी सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सचिव मुकुन्द शर्माले प्रगति तथा भावी योजना र कोषाध्यक्ष सरोजकुमार तिमल्सिनाले आ.व ०७९÷०८० को लेखा परीक्षण प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । ३९ करोड ४४ लाख ८० हजार शेयर रकम पूँजी संकलन , ३६ करोड ४४ लाख ८० हजार ३ सय शेयर पूँजी संकलन , ३६ करोड ३१ हजार ४० हजार ७ सय २६ जगेडा कोष, १८करोड ७२ लाख ४२ हजार ९४ अन्य कोष रहेका संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले बताउनुभयो । २ अर्ब ९२ करोड ९० लाख १३ हजार ३ सय ४ बचत संकलन, ३ अर्ब ५९करोड ५१ लाख १७ हजार ८ सय १९ अण लगानी गरेर ५८ करोड २७लाख ९० हजार २ सय १५ आम्दानी गर्नसफल भएको छ । १२ करोड ५३ लाख ३१ हजार ९ सय ९२ नाफा कमाउन सकेको संस्थाले जनाएको छ । यसैबिच ७ वटा एकाइमा एकै दिन सम्पन्न साधारण सभा मध्ये मुख्य कार्यलयमा संस्थाका अध्यक्ष प्रकाश बञ्जाराको सभापतित्व र पनौती नगरपालिका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले २०५१ सालमा स्थापना भई हाल १० वटा संस्था एकीकरण भई बनेको यस संस्थाले काभे्रपलाञ्चोक लगायत काठमाडौं उपत्यका सहित ४ जिल्ला कार्यक्षेत्र विस्तार गरी सदस्यहरुलाई प्रत्यक्ष रुपमा सुरक्षित, दिगो र भरपर्दो सहकारी वीत्तिय सेवा उपलब्ध गराउन सफल भएको जानकारी दिनुभयो ।
