IMG-LOGO

धनेश्वरी बहुउद्देश्य सहकारीको २३औं साधारण सभा

 मंगल, असोज ३०, २०८०  ---

 

     बनेपा, धनेश्वरी बहुउद्देश्य सहकारी संस्था.लि बनेपाको २३औं वार्षिक साधारण सभा अध्यक्ष बद्रीप्रसाद पलाञ्चोकेको सभापतित्व र बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा शुक्रबार अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ । संस्थाका सचिव श्यामकुमार भालुले प्रगति तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष उमेशरत्न शाक्यले आ.व २०७९÷०८० को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभयो । लेखा संयोजक सुरेश भक्त भोछिभोयाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।  संस्थाकी उपाध्यक्ष विश्व माया श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा बनेपा ७ वडा अध्यक्ष हिटललर शाक्य , जिल्ला सहकारी संघ काभे्र उपाध्यक्ष अमन पोटे, काभे्रपलाञ्चोक जिल्ला बहुउद्देश्यीय सहकारी संघ काभे्रका उपाध्यक्ष कृष्णभक्त थापा, नेपाल पत्रकार महासंघ काभे्रका पूर्व अध्यक्ष मोतिराम तिमल्सिना, संस्थाका सल्लाहकार राजु सरकार लगायतको आतिथ्यता रहेको थियो । १ हजार ६ सय २३ शेयर सदस्यबाट ६५ लाख ६८ हजार ३ सय शेयर पूंजी संकलन, १० करोड १०लाख २६ हजार ५ सय १८ ऋण लगानी गरेर १० लाख ६८ हजार १ सय ६ खुद नाफा कमाउन सफल भएको कुरा प्रबन्धक भवसागर रञ्जीतले जानकारी दिनुभयो । संस्थाको २२ लाख १३ हजार ३० जगेडा कोष जनाएको छ । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्