IMG-LOGO

धुलिखेल नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

 मंगल, असोज ३०, २०८०  ---

 

     धुलिखेल नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷०८० को लागि वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । दुई दिनसम्म सञ्चालित कार्यक्रममा पहिलो दिन नगरपालिकाका १ देखि १२ नं वडाका अध्यक्षहरुले वडामा सम्पन्न भएका योजनाका सवाल र विकास निर्माण गर्दा व्यहोर्नु परेका चुनौतिके बारेमा प्रस्ट पार्नुभएको थियो । दोश्रो दिन धुलिखेल नगरको विभिन्न शाखाबाट जनताहरुलाई प्रवहा गरेको सेवा प्रवाहको बारेमा शाखा प्रमुखहरुले विवरण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नगरप्रमुख अशोक कुमार व्यञ्जुले धुलिखेल नगरपालिकाले पर्यटन क्षेत्रको स्तरीय विकास, गरिवी निवारण, एकाधार जडान गरी नगरवासीलाई पिउने पानी सहजरुपमा उपलब्ध गराएको, गुणस्तरीय शिक्षा प्रदान, नगरपालिकालाई स्वास्थ्य सहर कार्यक्रम सञ्चालन गरी प्राथमिक स्वास्थ्य सेवा प्रवाह गरेर दक्षिण एसियाकौ नमुना सहरको रुपमा परिचित भएको उल्लेख गर्नुभयो । उपप्रमुख निराजन जंगमले विकास निर्माणको अवस्थाको समिक्षाले आगामी वर्षको योजनाहरु थप प्रभावकारी रुपमा कार्यन्वयन गर्न सजिलो हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगरले विकास र समृद्धि सबैको चाहाना भएको र मिलेर गर्नुपर्ने तर्क गर्नुभयो ।कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्