श्री श्वेत गणेश बचत तथा ऋण सहकारी संस्था लि. को १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष त्रिरत्न मानन्धरको अध्यक्षतामा, बनेपा ०८ स्थित संस्थाको सभाकक्षमा सम्पन्न भयो । संस्थाका अध्यक्ष मानन्धरले नेपालको संविधानले नेपालको आर्थिक सम्वृद्धिको आधार ३ खम्बे अर्थनीति रहेको र त्यस मध्ये एक खम्बाको रुपमा सहकारी रहेकोले सहकारीको माध्यम बाट समुदायमा छरिएर रहेको स–सानो पूँजी संकलन गरि रास्ट्रिय पुँजी निर्माणमा सहयोग गर्न सकिन्छ र उक्त पूँजीलाई सदस्यमा नै केन्द्रित रही उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सके रोजगारी सिर्जना हुने र राष्ट्रीय उत्पादन पनि बढ्ने बताउनु भयो ।
साधारण सभामा संस्थाका सचिव महेन्द्र बिष्टले संस्थाको गत आव २०७९÷८० को नीति तथा कार्यक्रमको समिक्षा र आव २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष अर्जुन थापाले संस्थाको आव २०७९÷८० को आर्थिक प्रगति समिक्षा र आव २०८०÷८१ को आर्थिक कार्यक्रम र बजेट प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक हरिसरणले संस्थाको गत आव २०७९÷८० को समग्र समिक्षा प्रतिवेदन पेश गर्नु भएको थियो । साधारण सभाले आगमी आव २०८०÷८१ को अन्त्य सम्ममा ४५०शेयर सदस्य पुर्याउने र रू.२करोडको कुल पुँजी पुर्याउने लक्ष्य सहितको वार्षिक नीति तथा कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।
