IMG-LOGO

बनेपा साकोसको २४ औं वार्षिक साधारण सभा

 मंगल, असोज ३०, २०८०  ---

 

     बनेपा बचता तथा ऋण सहकारी संस्था.लिको २४ औं सधारण सभा बागमती प्रदेशका सांसद कन्चन चन्द्र बादेको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष अमन पोटेको सभापतित्वमा शनिबार स्मार्ट पार्टी प्यालेसमा सम्पन्नगरेको छ । संस्थाका उपाध्यक्ष रहदेव पोटेले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाका सचिव जितेन्द्र नकर्मीले प्रगति तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष सुविन मानन्धरले आ.व २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावीत बजेट प्र्रस्तुत गर्नुभयो । लेखा संयोजक जगदिप पलाञ्चोकेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार २ सय ६० सेयर सदस्यबाट २ करोड १५ लाख ७ हजार ८ सय सेयर पूँजी संकलन गत वर्षको कुल बचत २२ करोड २३ लाख ३४ हजार ५ सय ५२ , यसवर्ष २०७९÷०८० मा ३९  करोड ३६ लाख ३१ हजार ८ सय २३  बचत संकलन गरी  गत वर्षको  ऋण २३ करोड ४८ लाख ३० हजार ४ सय ७ र यस वर्ष ४ करोड ५७ लाख ३६ हजार ७ सय ९० र ऋण असुली, ७ करोड २ लाख २ हजार ४ सय ६८ असुली गरेको छ । ६९ लाख ६३ हजार २ सय ४१ जगेडा कोष रहेको छ । संस्थाले समाजिक क्रियाकलाप अन्तरगत स्वास्थ्य शिविर सम्पन्न, रक्तदान कार्यक्रम, जेष्ठ नागरीक सम्मान, जस्ता कार्यक्रमहरु गर्दै आएको कुरा संस्थाकी सहायक प्रबन्धक रविना प्रधानले जानकारी दिनुभयो । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सचिव गोविन्द प्रसाद काफ्ले , बनेपा वडा नं ८ अध्यक्ष शुभलक्ष्मी मानन्धर, काभे्रपलाञ्चोक जिल्ला बहुउद्देश्य सहकारी संघ लिका अध्यक्ष विधान जोशी, जिल्ला बचत संघ काभे्रकी सञ्चालक  ज्ञानु दाहाल लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष अमन पोटेले सहकारी संस्थाहरुमा केहि वेथितिहरु आउनुमा केहि सञ्चालक समिति र केहि राज्यका सम्बन्धीत निकायहरुले नियम संगत ढङ्गले अनुगमन नगरिदिनाले समस्या आएको उल्लेख गर्नुभयो । काभे्र जिल्लामा रहेका अधिकांस सहकारीहरुले शेयर सदस्यहरुको जीवनमा आर्थिक परिवर्तन ल्याई समाजमा आर्थिक रुपान्तरणमा सहयोग पु¥याएको बतउनुभयो । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्