बनेपा नगरपालिकाले आ.व २०७९÷०८० को प्रगति समिक्षा कार्यक्रम विहिबार सम्पन्न गरेको छ । नगरप्रमुख शान्तिरत्न शाक्यले नगरपालिकाको आमुल सुधारका लागि नीतिगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शाखागत वर्षिक समिक्षा कार्यक्रममा उप प्रमुख बिमला सापकोटा दाहालले नगरपालिकाले राम्रो काम गर्दा सबै नागरिकको शिर उच्च हुने भन्दै नगरपालिकाको समग्र विकासका लागि गरिने सबै प्रकारका गतिविधिमा साथ र सहयोग रहने उल्लेख गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले कार्यक्रममा समस्या र समाधानको खाका प्रस्तुत गर्दै सो अनुसार शाखागत वार्षिक समीक्षाको एकीकृत प्रगति प्रतिवेदन सहित यहि ३० गते सार्वजानिक सुनुवाईको आयोजना गरिने बताउनुभयो । कार्यक्रममा वडा अध्क्षहरु, कार्यपलिका सदस्यहरु, सञ्चारकर्मी एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
