रोशी । बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री तिर्थ बहादुर लामाले समाजको आर्थिक बिकासमा सहकारीको महत्वपूणर् भुमिका रहेको बताए । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटारमा अवस्थित मंगलेश्वर वित्तीय सहकारी संस्था लि. को २७ औं वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा मन्त्री लामाले सो कुरा बताएका हुन् । सहकारीले समाजको शैक्षिक क्षेत्र र आर्थिक अवस्थालाई माथी उठाउन सहयोग गरेको लामाले बताए । सोही अनुसार मंगलेश्वर वित्तीय सहकारी संस्थाले पनि मंगलटार क्षेत्रको शिक्षा र आर्थिक अवस्था माथी उठाउन महत्वपूणर् भुमिका खेलेको बताउनु भयो । रोशीका जनताले आफूलाई सहयोग गरेको भन्दै रोशीको जनता समृद्ध बनाउनको लागि जीवन रहेसम्म अहोरात्र लागिपर्ने उनले बताए ।
सोही कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले गरिबी न्यूनीकरणमा सहकारी सहकारीको भुमिका उल्लेख्य रहेको बताए । देश बिकासका लागि आर्थिक मात्र नभएर जुनसुकै हिसाबले सहकारी क्षेत्रको महत्वपूणर् सहयोग रहेको गाउँपालिका अध्यक्ष लामाको भनाई छ । राज्यले लिएको देश समृद्ध बनाउने लक्ष्यमा सहकारीले महत्वपूणर् भुमिका खेलेको उनले बताए । मंगलेश्वर सहकारीले रोशीको बिकासमा योगदान रहेको लामाले बताएका छन् । बैंकहरू सहर केन्द्रित भएको अवस्थामा मंगलेश्वर स्थापना गरेर मंगलटार क्षेत्रको विकास र समृद्धिमा सहयोग गरेको गाउँपालिका अध्यक्ष लामाले बताए ।
मन्त्रीको पहलमा रोशीमा एक अर्ब बजेट
गाउँपालिका अध्यक्ष दिनेश लामाले खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री तिर्थ लामालाई धन्यवाद व्यक्त गरे । रोशी गाउँपालिकाको बिकासका लागि मन्त्री लामाल एक अर्ब बजेट विनियोजन गरेको बताए । मन्त्री लामाको पहलमा आर्थिक बर्ष २०८०÷०८१ मा रोशीको विभिन्न आयोजनामा करिब एक अर्ब बजेट ल्याउन सफल भएकोमा अध्यक्ष लामाले धन्यवाद व्यक्त गरेका हुन् । ‘मन्त्री ज्यूको पहलमा रोशीमा मात्र १ अर्ब बजेट परेको छ । खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालयबाट मात्र ३५ करोड बजेट रोशीमा परेको छ ।’
जिल्ला बचत संघ काभ्रेका सल्लाहकार सम्भुलाल श्रेष्ठले १ हजार २ सय ५९ वटा सहकारी जिल्लामा क्रियाशील रहेको बताए । सहकारीले जिल्लाभरी २ हजार ५५ जनालाइ रोजगारी दिएको र जिल्लामा सञ्चालित सहकारीहरूले २४ करोड ५१ लाख कर तिरेको उनको भनाई छ । नियम बिपरित चलेका सहकारीहरुले बेथिती गरेको कारण समग्र सहकारीलाई असर परेको उनको भनाई छ । समाजमा आधारित भएर खुलेका सहकारीहरू नभाग्ने र नडुब्ने उनको भनाई छ । सहकारीका अध्यक्ष मान बहादुर तामाङले सहकारीको भवन जिर्ण रहेकाले बागमती प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए । सहकारीका संस्थापक अध्यक्ष श्रीकृष्ण न्यौपानेले उक्त सहकारी भाग्ने र डुब्ने डर नभएको बताए । नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष तथा बरिष्ठ पत्रकार इश्वरी ओझा, संस्थाका सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव सुवणर् रायले सामान्य ऋण लिनलाई गाउँका साहु महाजनहरुका लागि ठेकी भेटी काट्नु अवस्थालाई चिर्न सहकारी स्थापना भएको बताए । सो कार्यक्रममा संस्थाका कोषाध्यक्ष साधुराम अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महिला उपसमिति संयोज तथा संचालक महेश्वरी थापा न्यौपाने मन्तव्य राखेकी थिईन् । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक राजेन्द्र प्रसाद अधिकारीले प्रस्तुत गरेका थिए ।
स्वागत मन्तव्य उपाध्यक्ष इन्द्रकुमार रायले राखेका थिए । कोभिडको महामारीले सहकारीलाई प्रत्यक्ष असर परेको छ । बैंकिङ प्रणालिमा तरलता अभवले भुक्तानीमा असर परेको सहकारीले जानकारी दिएका छन् । सहकारीको आम्दानी १ करोड ७४ लाख ८७ हजार ८६१ रहेको छ भने खर्च १ करोड ७४ लाख ३५ हजार ७१९ रहेको छ ।
