IMG-LOGO

रोजगारीको लागि विदेश जानेको लर्को आ.व. २०७९÷०८० मा वैदेशिक रोजगारमा ७ लाख ७१ हजार ३ सय २७

 मंगल, असोज ३०, २०८०  – रमेश प्रसाद न्यौपाने

 

     हरेक वर्ष वैदेशिक रोजगारमा श्रम स्वीकृत लिएर ५ लाख भन्दा वेसी श्रमशक्ति श्रम बजारमा विदेशीने गरेको तथ्याङ्कले पुष्टि गरेको छ । देशमा सिमित रोजगारीको अवसर गरिबी लगायतका कारण वैदेशिक रोजगार प्रति आर्कर्षित भएको देखिन्छ । नेपालबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७१ लाख नाघि सकेको तथ्य वैदेशिक रोजगार निकायले जनाएको छ । हाल दैनिक सरदर २ हजार २ सय विदेश जानेको लर्को रहेको छ । आर्थिक वर्ष २०७९÷०८०मा मात्र ७ लाख ७१ हजार ३ सय २७ रोजगारीको लागि विदेश गएको तथ्याङ्क छ । जसमा पुरुष ६ लाख ९९ हजार १ सय ९३ र महिलाा ७२ हजार १ सय ३४  रहेको छ । २०७९÷०८० वैदेशिक रोजगार गएकोबाट १२ खर्व २० अर्व ५६ करोड विपे्रषण रेमिट्यान्स देशमा भित्रिएको छ । त्यसैगरी आ.व. २०७८÷०७९मा भने १० खर्व ७ अर्व ३१ करोड रेमिट्यान्स प्राप्त भएको थियो ।

काभ्रेका ११ हजार ९ सय ४८ विदेशमा

त्यस्तै काभे्र जिल्लाबाट पनि २०७९÷०८० मा ११ हजार ९ सय ४८ वैदेशिक रोजगारीका लागि विदेश गएका छन् जसमा महिला २ हजार ९ सय ९६ र पुरुष ८ हजार ९ सय ९१ रहेको छ ।

बागमती प्रदेशका १ लाख १६ हजार ९ सय ९२ विदेशमा

बागमती प्रदेशका १३ जिल्लाको नागरिकहरु आ.व. ०७९÷०८० मा १ लाख १६ हजार ९ सय ३२ विदेशगएका वैदेशिक रोजगार विगतको तथ्याङ्कमा उल्लेख छ । जसमा महिला २६ हजार १ सय ७० र पुरुष ९० हजार ७ सय ६२ रहेका छन् । बैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार तालिका निम्न अनुसार रहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्