शिरमेमोरियल अस्पतालमा महिलाहरुमा हुने स्तन क्यान्सरको उपचार शुरु भएको छ । आगामी कात्र्तिक १० गते अक्टोबर २७ देखि उपचार शुरु हुने कुरा प्रमुख कार्यकारी अधिकृत सुन्दर थापामगरले बताउनुभयो । किमो थेरापी सहित १२ बेडको कक्षा तयार गरी उपचार सेवा प्रारम्भ गरिएको जनरल मेडिसिन पुण्य खरबुजाले जानकारी दिनुभयो । नेपाल अवुर्दरोग निवारण संस्था काभे्रले विगत तीन दशक देखि क्यान्सर रोगको रोकथाम तथा नियन्त्रण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर, स्तन क्यान्सरको सवालमा गाउँगाउँमा चेतना फैल्याउने, सहरी क्षेत्रमा समेत स्वास्थ्य सेवा प्रवाहको बारेमा निरन्तर कार्य गर्दै आएको कुरा संस्थाका अध्यक्ष नेपाल सुधार भैलले काभे्रटाइम्सलाई बताउनुभयो । नेपाल अवुर्द रोग निवारण संस्था काभे्रका अध्यक्ष भैलले शिरमेमोरियल अस्पतालमा स्तन क्यान्सर रोगको उपचार गर्न आवश्यक पर्ने सहायता गर्ने, क्यान्सर उपचारले काभे्र जिल्ला लगायत आसपासका जिल्लाका सेवाग्राहिले सेवा प्राप्त गर्ने कुरा बताउनुभयो । शिरमेमोरियल अस्पतालका डा. धु्रव कँडेल, डा. एञ्जेला बस्नेत लगायतले अस्पतालले नागरिकहरुलाई स्तरीय स्वास्थ्य सेवा प्रदान गरेको सञ्चरकर्मी सँगको छलफलमा बताउनुभएको हो । २०८० कात्र्तिक ३ गते स्तन क्यान्सर जागरुकता प्रभातफेरी हुने भएको छ । विश्वव्यापी रुपमा अक्टोबर महिनालाई स्तन क्यान्सर जागरुकता मनाउँदै आएको सन्दर्भमा एक्ष्ह्प्त्इद्यभ्च् प्रभात फेरी २०२३ भन्ने शिर्षकमा नेपाल क्यान्सर रोग निवारण संस्था, काभे्र शाखा सहितको सहकार्यमा शिरमेमोरियल एडभेन्टिस्ट अस्पतालको संयूक्त आयोजनामा बनेपा नगर परिक्रमा गर्ने कार्यक्रम तय भएको संस्थाका सदस्य कृष्ण गोपाल तौजलले बताउनुभयो । अर्का सदस्य हर्षनारायण कर्माचार्यले बनेपा संघ, संस्था स्थानीयहरुको सहभागीतामा स्तन क्यान्सर सम्बन्धी जागरुकता ¥याली प्रभातफेरी गर्न लागिएको बताउनुभयो ।
