IMG-LOGO

राष्ट्रपति पौडेलद्धारा टेक्नोलोजी इनोभेसन सेन्टरको उद्घाटन

 मंगल, असोज ३०, २०८०  ---

          धुलिखेल, राष्ट्रिपति रामचन्द्र पौडेलले बुधबार एक समारोहका बीच काठमाण्डौ विश्व विद्यालयको नवनिर्मित भवन नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर ल्क्ष्त्ऋ को उद्घाटन गर्नुभयो । कोरिया सरकारको १० मिलियन डलरको सहयोगमा निर्माण भएको भवनको उद्घाटन गरी सम्बोधन गर्नेक्रममा राष्ट्रिपति रामचन्द्र पौडेलले आजको युग विज्ञान प्रविधिको युग , नव प्रवर्धन उद्यमसिलताको युग हो । नेपाल आपेक्षित गतिमा विकासको गति लिँदै बाटो पहिल्याउँदै अघि बढेको बताउनुभयो । प्रविधिक वैज्ञानिक एवं व्यवसायिक जनशक्ति उत्पादन गर्न र युग सापेक्ष प्रविधिको विकास गर्न पछि पर्नु नै हो उहाँले भन्नुभयो । भावि पुस्तालाई व्यापक दु्रत गतिमा प्रविधिमय हुँदै मानव बस्तीको क्षमताले व्यवस्था गर्न सक्ने  भन्दा छिटो गतिमा विश्वमा भइरहेको जलवायु परिवर्तन, भूमण्डलीकरण र कृतिम विद्दातले मानव सभ्यतालाई खडा भएका चुनौतीलाई सामना गरेर मानवमैत्री दिगो न्यायपूर्ण विकासका लागि खोज अनुसन्धान नवपवर्तन प्रविधिको परिपूरक सहकार्यका लागि अतिरिक्त वातावरण र मानवता सँग सम्बन्ध कृषि स्वास्थ्य र उर्जा सम्बन्धि तीनवटै विसिहकृत खोज अनुसन्धान गर्न नितान्त आवश्यक छ राष्ट्रिपति पौडेलले भन्नुभयो । करीब ६२ प्रतिशत  आर्थिक रुपमा क्रियासिल हुने जनसंख्या नेपालमा छ । कोरीया सरकारले भवन निर्माण र प्रविधिमा सहयोग पु¥याएकोमा राष्ट्रिपति पौडेलले धन्यवाद दिनुभयो । काठमाण्डौ विश्व विद्यालयका उप कुलपति प्रा.डा भोला थापाले कोरिया सरकारले भवन निर्माण र प्रविधि उपकरणको सहयोगले प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन गरी राष्ट्रिको विकास समृद्धि  गर्न सहयोग पुग्ने बताउनुभयो । डा. अच्यूद वाग्ले, बागमती प्रदेश सांसद रत्न ढकाल, कन्चनचन्द्र वादे जिल्ला समन्वय समिति काभे्र प्रमुख दिपक कुमार गौतम, कोइका नेपालका  निर्देशक खोङ मुहन लगायतको आतिथ्यता रहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विज्ञान शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राई आउने कार्यक्रम तय भएपनि आउनुभएन ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्