IMG-LOGO

न्यू प्रगतिमा वाङ्मय पुस्तक मेला 

 मंगल, असोज २३, २०८०  ---

 

     न्यू प्रगति पुस्तक भण्डार, बनेपाको आयोजनामा शुक्रबार बनेपामा प्रगति वाङ्मय पुस्तक मेला सम्पन्न भयो । मेलामा बरिष्ठ साहित्यकार मोहन दुवालले पुस्तक महत्वबारे प्रकास पार्दै काभे्रका स्थानीय पलिकाहरुले पुस्तकलाई वेवास्ता गरेको बताउनुभयो । कतिपय व्यक्तिले पुस्तक पढेर के पाउँछ भन्ने गरेका पनि छन् तर समाजमा अनेक पेशामा लागेका लेखकहरुको अनुभूति र ज्ञान पुस्तबाट प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । न्यू प्रगति  पुस्तक  भण्डारका प्रोपाइटर भुवनकाजी मानन्धरले पुस्तक मेला आयोजना गरेर लेखक प्रकाशकहरुलाई पाठकसामु पु¥याउने मुख्य उद्देश्य रहेको बताउनु भयो ।

     लेखक एवं प्रतिष्ठानका प्राज्ञ अमर न्यौपानेले राजनीतिक परिवर्तनसँगै स्वायत्तताका कुरा उठ्ने गरेपनि व्यवहारमा लागु नभएको बताउनुभयो । “स्थानीय तहको एउटा वडामा कम्तीमा एउटा पुस्तकालय हुनु आवश्यक छ भन्नुभयो । अरु भौतिक संरचनाको विकाशसँगै शिक्षाको उत्थनको लागि स्थानीय पालिकाले ध्यान पु¥याउनुपर्छ ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्