IMG-LOGO

सह–योग प्रशिक्षक प्रशिक्षण समापन

 मंगल, असोज २३, २०८०  ---

 

     बाह्रविसे नगरपालिकाको आयोजना तथा पंतजली योग समिति सिन्धुपाल्चोकको समन्वयमा बाह्रविसेमा संचालित ३६ दिने सह योग शिक्षक प्रशिक्षणको समापन कार्यक्रम पंतजली योग समिति नेपाल बाग्मती प्रदेशका प्रमुख ग्रुविन तौजलेको प्रमुख आतिथ्यतामा हालै सम्पन्न भयो । उक्त अवसरमा प्रमुख अतिथि तौजलेले योग जागरणको आयोजनालाई सिन्धुपाल्चोक पंतजली योग समिति र बाह्रविसे नगरपालिकाको विशेष भुमिका रहेको र यो योग जागरण अभियान सिन्धुपाल्चोक जिल्ला भरिनै फैलिने र यसले स्थायित्व लिने विश्वास व्यक्त गर्दै आफुले सिकेका योग साधनाहरुलाई जन जनमा फैलाउन प्रशिक्षकहरु संग विशेष आग्रह गर्नुभयो ।

     उक्त अवसरमा सभापतिको आसनबाट बाह्रविसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले यस किसिमको तालिमबाट नगरका सम्पूर्ण वडामा योग जागरण ल्याउन मद्धत पुग्ने र योग जागरणको लागि बाह्रविसे नगरपालिकाबाट आवश्यक सहयोग गर्दै जाने बताउनुभयो । १४५ जना प्रशिक्षार्थीहरु सहभागी भएको ३६ दिने उक्त प्रशिक्षणको समापन कार्यक्रममा बाह्रविसे नगरपालिकाका उप प्रमुख मन्जु लामाले स्वागत मन्तव्य दिनुभएको थियो भने सिन्धुपाल्चोक जिल्ला पंतजली योग समिति महिला अध्यक्ष कविता रावत, पंतजली योग समिति काभ्रेका का.वा. अध्यक्ष प्रकाश कायष्ठ, पतंजली योग समिति भक्तपूरका उपाध्यक्ष नित्यनाथ श्रेष्ठले मन्तव्य राख्नुभएको थियो । सह योग शिक्षक तालिममा महत्वपूर्ण भूमिका खेल्नुभएका महिला अध्यक्ष कविता रावतलाई सम्मान गरिएको थियो भने कार्यक्रममा उपस्थित बाग्मती प्रदेश कमिटि काभ्रे जिल्ला समिति, भक्तपुर जिल्ला समितिबाट पाल्नुभएका पदाधिकारी, सदस्य, योग शिक्षकहरुलाई समेत सम्मान गरिएको कार्यक्रमको संचालन रजनी तिमल्सिना र रामचन्द्र पौडेलले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्