IMG-LOGO

एकता साकोसमा पुनः स्वयमकाजी

 मंगल, असोज २३, २०८०  ---

 

     एकता बचत तथा ऋण सहकारी संस्था.लि बनेपाको १६ औं साधारण सभा संस्थाका सल्लाहकार नविनभक्त वादेको आतिथ्यतामा सम्पन्न भयो । संस्थाका अध्यक्ष स्वयमकाजी पोटेको सभापितत्वमा सम्पन्न कार्यक्रममा सचिव शर्मिला प्रधानले प्रगती तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष विष्णुओम पोटेले आ.व २०७९÷०८० को लेखा परीक्षण प्रतिवेदन र आगामी वर्षको  प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक चिनीकाजी श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । एकता साकोसले आफ्ना जेष्ठ सदस्यहरुलाई सम्मान तथा तिर्थ यात्रा कार्यक्रम गरी समाजमा सकारात्मक  सन्देश प्रवाह गर्दै आएको कुरा संस्थाकी सचिव शर्मिला प्रधानले जानकारी दिनुभयो  । संस्थाले  उत्कृष्ट बाल बचत कर्ता, असल ऋणी, नियमित बचत कर्ता जसले अधिकतम गर्छ उसलाई सम्मान गरी  प्रमाण पत्र दिने कार्य गर्दै आएको छ । २ हजार ६ सय ८३ जना शेयर सदस्यबाट २ करोड २१ लाख ३२ हजार ६०० सेयर पूंजी संकलन , १४ करोड ६१ लाख ९६ हजार ७ सय ८७ बचत निक्षेप संकलन, ९ करोड ३९ लाख ८० हार ४ सय १८ ऋण लगानी , ९ करोड ३९ लाख ६४ हजार ८१ ऋण असुली गरेर ३ करोड १५ लाख ९९ हजार ९ सय ६४ आम्दानी गर्न सफल भएको छ । १० लाख ७९ हजार ६ सय ५९ स्थीर सम्पति रहेको संस्थाको २६ लाख ८१ हजार ८ सय ३९ जगेडा कोष निर्माण गरेको जनाएको छ । उक्त साधारण सभाले स्वयम काजी पोटेको अध्यक्षतामा ९ सदस्य सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्ष यशोदा पोटे, सचिव शर्मिला प्रधान, कोषाध्यक्ष विष्णु ओम पोटे , सदस्यहरु प्रज्ञा नकर्मी , राजकुमार खाछिभोया, हसना पोटे, इन्द्र लक्ष्मी श्रेष्ठ, निरोज पोटे रहनुभएको छ । चिनीकाजी श्रेष्ठ संयोजकत्वमा निरु सैँजु र निराकार श्रेष्ठ सदस्य रहेको लेखा सुपरीवेक्षण समितिमा निर्विरोध निर्वाचित हुनुभएको छ । 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्