IMG-LOGO

उपकार बचतको १६ औं साधारण सभा

 मंगल, असोज २३, २०८०  ---

 

     उपकार बचत तथा ऋण सहकारी बनेपा – ८ को १६ औ वार्षिक साधारण सभा सम्पन्न भयो । संस्थाका कार्यवहाक अध्यक्ष सुनिल थापाको  सभापतित्वमा , संस्थाकै जेष्ठ सदस्य हरीभक्त भोछिभोया प्रमुख अतिथी  रहनुभएको थियो भने साधारण सभाको कार्यक्रम संस्थाका प्रवन्धक नवराज वजगाईले संचालन गनुभएको थियो  । उक्त  सभामा संस्थाका सचिव ऋतुपुर्ण श्रेष्ठले आ.व ०७९̸ ०८० मा भए गरेका प्रगती विवरण पेश गर्दै आगामी वर्ष संस्थाको तर्फबाट हुने कार्य योजना समेत बताउनु भएको थियो । कोषाध्यक्ष  राजकुमार आर्चायले आर्थिक कारोवारको प्रतिवेदन तथा अनुमानित बजेट समेत प्रस्तुत गर्नु भएको थियो । उहाँले पेश गर्नू भएको प्रतिवेदन अनुसार संस्थाको कारोबार रु. ११,१७,५७,०४०.०० रहेको र यस बर्ष संस्थाले रु.२८,०८५३४.९१ सञ्चालन मुनाफा गरेको बताउनुभयो । लेखा  सुपरिवेक्षण समितीका संयोजक जयराम थापाले सुझाव सहितको प्रतिवेदन पेश गर्दै संस्थाको कारोवार सन्तोषजनक रहेको कुरा उल्लेख गर्नु भयो । प्रमुख अतिथी भोछिभोयाले बर्तमान समयमा सहकारीहरुले भोग्नु परेका विविध समस्या तथा सहकारीका संञ्चालक तथा व्यवस्थापनको कमी कमजोरीलेसहकारीहरुको अवस्था बारे चर्चा गर्दै कार्यक्रमको सफलताका शुभकामना दिनु भयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्