हेल्प नेपाल नेटवर्क चिल्डे«न होम धुलिखेल–३ काभे्रको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका केन्द्रिय अध्यक्ष अरुण सिं बस्नेतको सभातित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि धुलिखेल नगर उप–प्रमुख निराजन जगंम हुनुहुन्थ्यो । सशत्र युद्धमा अभिभावक गुमाएका , निम्न वर्गीय, विपन्न वर्गका, अभिभावक विहिन भएका छोरा छोरीलाई रेखदेख गर्ने, गाँस, वास, कपासको प्रबन्ध गर्ने, शिक्षा दिक्षा दिँदै आएको हेल्प नेपाल नेटवर्कले समाजमा राम्रो कार्य गर्दै आएको कुरा जिल्ला संयोजक पूर्णबहादुर कार्कीले बताउनुभयो । हुम्ला, जुम्ला, कालीकोट र पहाडी जिल्लाका अभिभावक गुमाएका बालबालिकाहरुलाई हेल्प नेपाल संस्थाले शिक्षा दिक्षा दिंदै आएको हो । संस्थाले साँस्किृतिक, चाडपर्व मनाउने, बालबालिकाको जन्मदिन मनाउने जस्ता कार्यक्रमहरु मनाउँदै आएको छ । कार्यक्रममा धुलिखेल वडा नं ४ का अध्यक्ष उत्तम तिमल्सिना, वडा नं ६ का वडा अध्यक्ष गणेश आचार्य, लगाएतको आतिथ्यता रहेको थियो । संस्थाकी व्यवस्थापक पुण्यवती घलेले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा हेल्प नेपालका जिल्ला संयोजक पूर्ण बहादुर कार्कीले संस्थाको विगत र वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । धुलिखेल नगरपालिका बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख विदुर गौतम, रामप्रसाद श्रेष्ठ, शिक्षा सेवी सानुकाजी महत लगायतको आतिथ्यता रहेको थियो ।
