IMG-LOGO

हल्ट प्राइज–२०८० को चुनौती सामना गर्न तयार हुनुहोस

 मंगल, असोज २३, २०८०  ---

 

     काठमाडौं युनि भर्सिटी हल्ट प्राइज – २०८० (एच.पी.के.यू.) परिवर्तन ल्याउन चाहने युवाहरूको लागि आशाको किरणको रूपमा कार्यरत छ । हल्ट पुरस्कार विश्व मै सबैभन्दा प्रमुख क्याम्पसमा हुने, विद्यार्थीद्वारा संचालित सामाजिक उद्यमशीलता प्रतियोगिताहरू मध्ये एक हो जहाँ विद्यार्थीहरूले एउटा महत्वपूर्ण मद्दा समाधान गर्नप्रति स्पर्धामा भाग लिन्छन् । पहिलो वार्षिक हल्ट पुरस्कार, जसलाई मूल रूपमा हल्ट ग्लोबल केस च्यालेन्ज भनिन्छ, २०१० ईश्वीको वसन्तमा “व्यवसायिक दिमागहरूलाई उद्देश्य पछ्याउन सशक्त “गर्ने दृष्टिकोणले सञ्चालन गरिएको थियो । काठमाडौँ विश्व विद्यालय हल्ट पुरस्कार पहिलो पटक २०१६ ईश्वीमा सुरु भएको थियो ।

     हल्ट प्राइज – २०८० को लागि जारी गरिएको विषय वस्तु “असिमित प्रभाव” रहेको छ । यस प्रतियोगिताको कार्यक्रमहरू सबै विश्व विद्यालयका विद्यार्थीहरूका लागि खुला छ जसले विषय वस्तु अनुसार आफ्नो व्यवसायिक विचारहरू प्रस्तुत गर्नुपर्नेछ । यस वर्षको क्याम्पस निर्देशक सुश्री साशा सुनुवार र केयू–२०८० को हल्ट प्राइजको रेखदेख गर्ने डेपुटी क्याम्पस डाइरेक्टर श्री प्रारब्द सिहंहतले गर्नेछन् । कार्यक्रममा नेपाल कलेज ओफ म्यानेजमेन्ट (एन.सी.एम) र काठमाडौं युनि भर्सिटीका ७ वटा विद्यालयका विद्यार्थीहरूसँग कर्पोरेट अफेयर्स, मार्केटिङ र आउटरिच, अपरेशन, क्युरेसन र सामग्रीको आफ्नै टोली रहेको आयोजक समिति रहनेछ । यस कार्यक्रमलाई भव्य बनाउनका लागि आयोजकहरुले पाँच महिना काम गर्नेछन् । प्रतियोगिताले सेमिफाइनल र फाइनलमा अगाडि बढ्नु अघि प्रति योगीहरूको लागि कार्यशाला र प्रशिक्षण समावेश गर्दछ, जुन यस कार्यक्रमलाई भव्य बनाउन केयूको केन्द्रीय क्याम्पसमा आयोजना गरिनेछ ।

     यस वर्षको लागि “असीमि त प्रभाव“ विषयवस्तु पछ्याउँदै, प्रतियोगिले कुनै पनि सामाजिक उद्यमको लागि आफूसँग भएको कुनै पनि विचार प्रस्तुत गर्न सक्नुहुन्छ, जबसम्म त्यो विचार विश्व–परिवर्तन शील छ र संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू (एस.डी.जी.) मध्ये कम्तिमा एउटासँग पङ्क्तिबद्ध छ । प्रतियोगिले कुन समस्या समाधान गर्न चाहनुहुन्छ भन्ने निर्णय गर्न सक्नुहुन्छ, र एक व्यापारिक विचार समेत, आफ्ना विचारहरू लिन र तिनीहरूलाई वास्तवमै महत्वपूर्ण कार्यहरूमा परिणत गर्न सक्नुहुनेछ । संयुक्त राष्ट्रसँग मिलेर, हल्टले दिगो सामाजिक उद्यमशीलता परियोजनाहरू सुरु गर्छ जुन आशाजनक उद्यमहरूमा परिणत हुन सक्छ । यो प्रतियोगिता उद्यमशीलताको ठूलो हृदय भएका विद्यार्थी हरूको लागि आफ्नो रचनात्मकता, र ज्ञानलाई विश्व व्यापी समस्याहरू समाधान गर्न प्रयोग गर्न र यो संसारलाई अझ राम्रो बनाउन ठूलो प्रोत्साहन हो ।

     एच.पी.के.यू. प्रतियोगिता मात्र होइन; यो विद्यार्थीहरूलाई सामाजिक उद्यमीमा परिणत गर्ने रूपान्तरणको यात्रा हो, यो विद्यार्थीहरू माझ नव प्रवर्तन र सामाजिक उत्तरदायित्वको संस्कृति सिर्जना गर्ने बारे हो, यो नयाँ विचारहरू, टोली कार्य, आत्म–विकास, र विश्वलाई राम्रो ठाउँ बनाउनको लागि एउटा मंच हो । यस अवसरलाई, असीमित मानसिकताको शक्ति सहित अँगाल्नुहोस । के तपाईं अर्को सकारात्मक प्रभावकारी बन्नको लागि कदम चाल्न र काठमाडौँ विश्व विद्यालय हल्ट पुरस्कार–२०८० को लागि चुनौतीलाई स्वीकार गर्न तयार हुनुहुन्छ ?

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्