IMG-LOGO

भीगु भिन्तुना साकोसको ९५ लाख बराबरको आम्दानी

 मंगल, असोज २३, २०८०  ---

 

     झीगु भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि बनेपाको  १४ औं साधारण सभा संस्थाका  अध्यक्ष सागरनाथ बादेको सभापतित्वमा सम्पन्न भयो । संस्थाका सचिव मनोजकुमार भैलले प्रगती तथा भावी कार्ययोजना, कोषध्यक्ष नविनकुमार  साखले आ.व २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समितिका संयोजक  रामभक्त वैदारले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । शेयर पूंजी ६२ लाख ५१ हजार ९ सय रहेको छ भने ४ करोड ५३ लाख २६ हजार ७ सय ४१ बचता निक्षेप रहेको छ । संस्थाले ९५ लाख १४ हजार ३० कुल आम्दानी गर्न सफल भएको कुरा व्यवस्थापक मनोज भैलले जानकारी दिनुभयो ।  भीगु भिन्तुना साकोसलाई राष्ट्रिय सहकारी बैंकबाट सम्मानित भएको खुसीयालीमा सहिला उपसमितले संस्थाका अध्यक्ष सागरनाथ वादेलाई मायाको चिनो प्रदान गरेका थिए । शेयर सदस्यका छोर छोरी मध्ये एस. ईई मा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई भिन्तुना शिक्षा तामपत्रबाट सम्मानित गरेको जानइएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्