IMG-LOGO

रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

 मंगल, असोज २३, २०८०  ---

 

     न्यू गौखुरेश्वर युवा क्लव धुलिखेल, लायन्स क्लव अफ केटीयम सञ्जीवनी  र नेपाल लेखापढी व्यवसायी एशोसियसन काभे्रको संयूक्त आयोजनामा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शुशिल कुमार मानन्धरको सभापतित्वमा शुक्रबार सम्पन्न कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । संस्थाका सदस्य र स्थानीय सहभागीतामा १ सय ५ जनाले  स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिएको संस्थाका कोषाध्यक्ष कृष्णराम देवजुले जानकारी दिनुभयो । कार्यक्रममा लायन्स क्लव अफ केटीयम सञ्जीवनी धुलिखेलका अध्यक्ष दिपेन्द्र देवजु र नेपाल लेखापढी व्यवसायी एशोसियसन धुलिखेल काभे्रका अध्यक्ष रोशन श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्