IMG-LOGO

दोश्रो GNESOG सम्मेलन २०२३ बारे पत्रकार सम्मेलन

 मंगल, असोज २३, २०८०  ---

 

   GNESOG नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञहरुबीच स्थावित संस्था हो । यस संस्थाले नेपाली महिलाहरुको जीवन स्वस्थ बनाउने अभियानमा सघाउ पु¥याउँदै आएको छ । ‘महिलाको स्वास्थ्य र स्वस्थता सम्वद्र्धन गर्ने’ नारा सहित यो वर्ष (सन् २०२३) मा दोश्रो न्ल्भ्क्इन् अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछौं । यस अघि सन् २०१७ मा दुईदिने पहिलो न्ल्भ्क्इन् अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना भएको थियो ।

     यस सम्मेलनको क्रममा निःसन्तान, रजनोवृत्ति, पाठेघरको जन्मजात विकृती, गर्भवती बेलाका मेडिकल समस्याहरु, प्रसवोत्तर अधिक रक्तश्राव, स्त्री रोग सम्बन्धी ल्यापारोस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मास पलाउने, असामान्य महिनावारीबारे छलफल भएको छ । सम्मेलनपूर्व सम्मेलनका सहभागीहरुलाई स्त्री रोग सम्बन्धी ल्यापारोस्कोपी शल्यक्रिया सीप अभिवृद्धिका लागि तीन दिने सैद्धान्तिक एवं व्यवाहारिक तालीम पनि दिइनेछ । समग्रमा देशभरिका १०० जना सहभागीहरुले समभागिता जनाउने अपेक्षा राखिएको छ भने नेपाल र जर्मनीका गरि करिब १ दर्जन विशेषज्ञहरुले प्रस्तुती दिने छ । सम्मेलनपछि सम्मेलनका सहभागीहरुले आ–आफ्नो कार्य क्षेत्रमा गई महिला स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा सघाउ पुु¥याउने अपेक्षा राखिएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्