बिगत लामो समयदेखि सरकारी सेवामा रहेका गणेश घिमिरे र पार्वती बानियाँको शब्द तथा संगम थापा र कोपिला वाइवा तामाङको आवाज रहेको दशैं गीत सार्बजनिक भएको छ । उमेश कार्की (युके) को निर्देशन रहेको यस गीतमा गणेश घिमिरे, पार्वती बानियाँ र सावित्री घिमिरे लगायतको अभिनय रहेको छ । समसामयिक बिषयबस्तु र चाडपर्वको परिबेश समेटिएको यो गीतमा सुफिक्स मदनको लय, रोशन धिताल,(धिताल फिल्मस प्रा.लि.) को सम्पादन र सन्तोष तिमल्सिनाको छायांकन रहेको छ । गीतको रेकर्डिङ गोपाल दयालले गरेका छन् ।
