IMG-LOGO

स्वर्ण लक्ष्मी साकोसको जगेडा कोष ९५ लाख ८६ हजार

 मंगल, असोज २३, २०८०  ---

 

     स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि बनेपा – ७ को १४ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष कृष्णलाल श्रेष्ठको सभापतित्व तथा संस्थाका कानुनी सल्लाहकार रमेश हुमगाइको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संस्थाका सचिव ईश्वर कुमार श्रेष्ठले प्रगती तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष भिम प्रसाद ढकालले आ.व २०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन र आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखा सुपरीवेक्षण समिति संयोजक  विकास कुमार श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ हजार ६ सय ८७ शेयर सदस्यबाट २ करोड २४ लाख ६२ हजार ३ सय शेयर पूंजी संकलन , १३ करोड ३८ लाख ७६ हजार ५ सय ६३ बचत निक्षेप संकलन , १३ करोड ६६ लाख ७६ हजार ३६ ऋण लगानी गरेर  २ करोड १९ लाख २२ हजार १ सय ५ सञ्चालन आम्दानी गर्न सफल भएको छ । सहकारी संस्थाले नीति, विधि र प्रविधिको अधिकतम प्रयोग गरेर शेयर सदस्यहरुको वृहत्तर आर्थिक उन्नती र प्रगति तर्फ अग्रसर हुने गरी कार्य गरेको कुरा संस्थाका प्रवन्धक रोहिष कायस्ठले बताउनुभयो । संस्थाको ९५ लाख ८६ हजार १ सय ४५ जगेडा कोष रहेको छ । स्वास्थ्य शिवीर, रक्तदान, विभिन्न संघ संस्थाका मानव सेवामा लागेका संस्थाहरुलाई खाद्य समाग्री उपलब्धगराउँदै आएकोे छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्