IMG-LOGO

बुडोल साकोसको नाफा ७ करोड ३४ लाख

 मंगल, असोज २३, २०८०  ---

 

     बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष कैलाश केसीको सभापतित्वमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केसीले विश्वव्यापी आर्थिक मन्दी र राष्ट्रि«य आर्थिक गतिविधिमा संकुचन आईरहेको वर्तमान अवस्थामा पनि यस साकोसले बचत संकलन र ऋण लगानीमा अक्ष अनुरुप लगानी गर्न नसके पनि निर्धारीत वित्तीय मापदण्डलाई खस्कन नदिएको बताउनुभयो । संस्थागत पूंजी गत वर्ष भन्दा ३ करोडले वृद्धी भई १४ करोड पुगेको केसीले बताउनुभयो । सदस्यहरुलाई कारोबार गर्दा सहकारीको अवस्था हेरेर मात्रै कारोबार गर्न सुझाव दिनुभयो ।

     कार्यक्रममा संस्थाको २०७९÷०८० को वार्षिक प्रतिवेदन सचिव जयराम थापाले , आर्थिक प्रतिवेदन कोषाध्यक्ष राधेश्याम केसीले प्रस्तुत गर्नुभएको थियो । संस्थामा १७ हजार ७ सय ३७ सदस्य आवद्ध रहेको , बचत १ अर्व ४३ करोड ३६ लाख ५३ हजार , कुल सम्पत्ति १ अर्व ८२ करोड ७६ लाख ४६ हजार , ऋण लगानी १ अर्व ३२ करोड ३२ लाख १ हजार, शेयर पूँजी १५ करोड ८९ लाख २७ हजार रहेको जानएको छ । त्यसैगरी संस्थाको संस्थागत पूँजी १४ करोड ३० लाख ३२ हजार , कुल आम्दानी २५ करोड २३ लाख ९६ हजार , खर्च १७ करोड ८१ लाख १२ हजार कुल नाफा ७ करोड ३४ लाख ८४ हजार भएको जनाएको छ । कार्यक्रममा संस्थाले टुकुचा जागरण सेवा केन्द्र नाला, बनेपा जनमैत्री सेवा केन्द्र , पाँचखाल सेवा केन्द्र र मुख्य कार्यालय बुडोलबाट सेवा दिदँै आएको बताएको  छ । संस्थाले दुर्घटना विमा कार्यक्रम, सदस्य शिक्षा शिविर, विद्यालय बुसा कार्यक्रम, महिला भेला , एस.ईई सम्मान कार्यक्रम, जेष्ठ नागरिक सम्मान, नि ः शुल्क स्वास्थ्य शिविर, कौसि खेति तालिम, सरसफाइ कार्यक्रम गर्दै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायले बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पिएन कोइरालाले  राख्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्