IMG-LOGO

पानस साकोसको जगेडा कोष ४५ लाख

 मंगल, असोज २३, २०८०  ---

 

     पानस बचत तथा ऋण सहकारी संस्था.लि बनेपाको १५औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष सुशन राजवशींको सभापतित्वमा शनिबार स्मार्ट पार्टी प्यालेसमा सम्पन्न भयो ।  जिल्ला बचत संघ काभे्रका अध्यक्ष उदयराम कायस्ठले उद्घाटनको क्रममा बोल्दै नीति, विधि, प्रविधि र पद्दतीमा रहेर सञ्चालित सहकारी संस्थाहरु समस्यामा नरहेको बताउनुभयो । सञ्चालक समिति, कर्मचारी तन्त्रले बेथिति ढङ्गबाट लगानी गर्ने, आफैं अधिक ऋण लिने र नतिर्ने गरेका सहकारी संस्थाहरुमा मात्रै गम्भिर समस्या आएको तर ऐन नियम सिद्धान्तमा रहेर लगानी गर्ने अधिकांस सहकारी संस्थाहरुले शेयर सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक आवश्यकतालाई परिपूर्ति गरेर जीवनमा हाँसो र खुसी ल्याउन सकेको धारणा राख्नुभयो । आर्थिक, सुशासन, पारदर्शीता कायम गरी सहकारी संस्थाहरुको दिगो विकास गर्न लेखा सुपरीवेक्षण समिति र सञ्चालक समितिहरुले विवेक प्रयोग गरी इमानदारीताका साथ अनुशासनमा रहेर कार्य गर्नुपर्ने तर्क प्रमुख अतिथि कायस्ठले गर्नुभयो । सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति काभे्रका संयोजक एवं काभे्र टाइम्सका कार्यकारी सम्पादक रमेश प्रसाद न्यौपानेले सहकारी संस्थाका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति टिमले सहकारी संस्थाहरुलाई गतिशिल बनाई अग्र गतिमा लग्न ५ वर्षको रणनितिक योजना, आर्थिक दिगो योजना निर्माण गरी नीति, विधि र प्रविधिको उच्चतम प्रयोग गरेर सेयर सदस्यहरुको आर्थिक उन्नति प्रगतिको गन्तव्यलाई साकार पार्न ढृढता पूर्वक कार्य गर्नुपर्ने धारणा राख्नुभयो । पानस साकोसले संस्थालाई दिगो विकास गर्न ४५ लाख जगेडा कोष निर्माण गरेको सहकारीका सञ्चालकरु उर्जासिल भएर अघि बढेको तर्क अकोराव जिल्ला संयोजक न्यौपानेले गर्नुभयो । सहकारी संस्थाहरुलाई थप व्यवस्थित मार्यादित बनाउन सुशासन र पारदर्शीता कायम गर्न महिलाहरुको अहम भूमिका हुने भएकाले सञ्चलक समितिका ३३ प्रतिशत महिलाहरुको सहभागिता सुनिच्चिता गर्नुपर्ने आगामि दिनमा पानस साकोसले सञ्चालक समितिमा महिलाहरुको मापदण्ड अनुरुप सहभागिता पु¥याउने अकोराब जिल्ला संयोजक न्यौपानेले सुझाव दिनुभयो । कार्यक्रममा आभाष साकोसका सचिव प्रकास कायस्ठ, चण्डेश्वरी साकोस बनेपाका सचिव बुद्धरत्न मानन्धर लगायतको आतित्थ्यता रहेको थियो । जेष्ठ नागरिक सम्मान, उत्कृष्ट बाल बचत कर्ता, असल ऋणी, उत्कृष्ट असल बचत कर्ता र यस वर्षको कर्मचारी सम्मान बापत ऋण सहायक लावा सिं तामाङलाई सम्मान गरिएको थियो । सचिव पुस्कर रञ्जितकारले प्रगति तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभयो । संस्थाको कोषाध्यक्षको प्रतिवेदन सञ्चालक सदस्य राजु पहि श्रेष्ठले आ.व २०७९÷०८० को लेखा परीक्षण प्रतिवेदन र आगामी वर्षको प्र्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक हरी गोपाल वैद्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २६ हजार ८ सय ४८ शेयर सदस्यबाट १ करोड ३९ लाख ७७ हजार शेयर पूँजी संकलन, ९ करोड ६७ लाख ९८ हजार  ५ सय ६८ बचत निक्षेप संकलन , १८ करो ४४ लाख ८७ हजार  ५ सय ८१ ऋण लगानी गरेर १ करोड ८२ लाख ३० हजार ४४ आम्दानी गर्न सफल भएको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर महाजुले जानकारी दिनुभयो । ४५ लाख ८ हजार ७ सय २१ संस्थाको जगेडा कोष रहेको छ । पानस साकोसका संस्थापक अध्यक्ष सुवास वैद्य समेतको आतिथ्यता रहेको संस्थामा धन्यवाद ज्ञापन सञ्चालक राजु पहि श्रेष्ठले गर्नुभयो भने कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष विजेन्द्र पोटेले गर्नुभएको थियो ।एक सञ्चालकको पद रिक्त रहेकाले उक्त पदमा राम पोटेलाई सर्वसम्मतमा निर्वाचित गरिएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्