बनेपा, पब्लीक सूत्रधार वहुद्देश्य सहकारी संस्था.लि बनेपाको २३ औं वाषर््िाक साधारण सभा संस्थाका अध्यक्ष महेश कुमार कर्माचार्यको सभापतित्व तथा जिल्ला समन्वय समिति काभे्रका उप–प्रमुख रिम बहादुर तामाङको प्रमुख आतिथ्यतामा शनिबार बनेपा पार्टि भेन्यूमा सम्पन्न भयो । राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रकुमारी थाम्सुङहा सुब्बा कार्यक्रमको विशिष्ठ अतिथि हुनुहुन्थ्यो । संस्थाका सचिव विधान जोशिले प्रगति तथा भावि योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष रामशरण हुमगाइले आ.व २०७९÷०८० लेखापरीक्षण को परीक्षण प्रतिवेदन र आगामि वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । ४ हजार ३ सय २ शेयर सदस्यबाट ३ करोड ५८ लाख ६३ हजार ५ सय शेयर पूँजी संकलन, ३१ करोड ७० लाख ५८ हजार ५ सय ९६ निक्षेप संकलन, २८ करोड ३६ लाख १८ हजार ८ सय १३ कर्जा लगानी गरेर ७ करोड ४७ लाख ९३ हजार ४ सय १० आम्दानी गर्न सफल भएको कुरा कर्मचारी आशिक भण्डारीले बताउनुभयो । शेयर सदस्यका छोराछोरी मध्ये एस.ईईमा उत्कृष्ट अंक ल्याउने छात्र छात्रालाई सम्मान, असल ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचत कर्ता, र जेष्ठ नागरीक सम्मान , साहित्यकार, शिक्षासेवीहरुलाई सहकारी संस्थाले सम्मान गर्दै आएको संस्थाले जनाएको छ । कार्यक्रमको सञ्चालन निर्मला ताम्राकार वैदारले गर्नुभएको थियो ।
