स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आफू नयाँ पार्टी गठनको तयारीमा रहेको बताएका छन् । मन्त्री त्रिपाठीले आफ्नो स्वतन्त्र समूहलाई छिट्टै पार्टीमा रूपान्तरण गर्ने बताए । त्रिपाठीले पश्चिम नवलपरासी क्षेत्र नं १ बाट २०७४ मा सूर्य चिन्ह लिएर निर्वाचन जितेका थिए । उनले तत्कालिन अवश्थामा पद्मरत्न तुलाधरले झै सूर्य चिन्हबाट चुनाव जिते पछि उनले आफूलाई स्वतन्त्र समूहमा रहेको भनेर चिनाउने गरेका छन् । सञ्चारकर्मी सँग उनले भने - हामीले नेकपासँग केही चरण कुराकानी पनि गरेको हो। तर वैचारिक र व्यावहारिक रूपले पनि मुर्त रूप लिन पाएन,ु उनले भने,ुहामीले आफ्नो सम्पर्क बढाउँदै गएका छौं। त्यसलाई राजनीतिक दलको रूपमा लैजान्छौं ।
संघीय लोकतान्त्रिक गणतन्त्र, राजकीय सत्ता र सर्वभौमसत्ता जनतामा निहित हुनुपर्ने, संविधानको प्रस्तावनामा लेखिएको सबै प्रकारका विभेदको अन्त्यलगायतमा आफ्नो पार्टीको प्रतिवद्धता रहने त्रिपाठीले बताए। वर्गीय हिसाबले किसानमा आधारित पार्टी हुने साना व्यवयासायीको प्रतिनिधित्व, तिनको हित र विचारको प्रतिनिधित्व हुने समेत उनको भनाइ छ । नयाँ पार्टी बनाउने परिस्थिति परिपक्व हुँदै गएको समेत उनले बताए । नयाँ पार्टी बनाएर वाम पार्टीसँग तालमेल गर्ने उनको योजना छ ।
यसअघि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले पार्टीभित्रकै किचलोका कारण प्रतिनिधि सभा विघटन गरेका थिए। राजनीतिक पार्टीको बनावट प्रजातान्त्रिक प्रक्रिया स्वीकार्ने खालको छैन,ु उनले भने,ुअहिले जे जसरी भएको भए पनि कहीँ न कहीँ हामी स्थिरताबाट विचलित भएर ुडिरेलु भएका छौं। हाम्रो स्थिरता खलबलिएको छ । बृजेश गुप्ता भन्छन् म प्रतिनिधि सभा विघटनको विपक्षमा छु । २०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी परित्याग गरेर त्रिपाठीसँगै स्वतन्त्र समूहमा आवद्ध भएका विघटित प्रतिनिधि सभाका सांसद बृजेशकुमार गुप्ता प्रतिनिधि सभा विघटनको विपक्षमा स्पष्ट रूपले उभिएका छन् ।
