IMG-LOGO

अल्फा साकोसको १४ औं साधारण सभा

 मंगल, असोज २३, २०८०  ---

 

     अल्फा बचत तथा ऋण सहकारी संस्था.लि को १४ औं वार्षिक साधारण सभा शनिबार बनेपा पार्टी भेन्यूमा सम्पन्न भएको छ । संस्थाका जेष्ठ सदस्य कृष्ण प्रसाद मानन्धरको प्रमुख आतिथ्यता एवं अध्यक्ष राजेशकुमार भोछिभोयाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । सभामा सचिव सुनिता वैद्यले वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष सचिना श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक पूर्णकाजी मानन्धरले प्रस्तुत गर्नुभएको थियो । ८ सय ६० जना सदस्य रहेको अल्फा साकोसको १ करोड ४१ लाख ९८ हजार २ सय शेयर पूँजी, १२ करोड ७४ लाख ६१ हजार २ सय ७९ निक्षेप रहि १४ करोड १३ लाख ४८ हजार १२ रुपैँया ऋण लगानी रहेको बताइएको छ । १४औं वार्षिक साधारण सभामा जेष्ठ नागरिक सम्मान, शैक्षिक सम्मान,  उत्कृष्ट बचतकर्ता सम्मान उत्कृष्ट ऋणी सम्मान, उत्कृष्ट नियमित बचत कर्ता सम्मान, बाल बचत कर्ता सम्मान गरीएको थियो । व्यवस्थापन तथा निरीक्षण उप समिति सदस्य युज कुमार भैलले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला बचत संघ काभे्रका उपाध्यक्ष सागरनाथ कपाली, चण्डेश्वरी साकोसका गणेश कुमार रञ्जीत, संस्थाका उपाध्यक्ष आनन्दराज श्रेष्ठ,संस्थाका सल्लाहकार जयप्रसाद मानन्धर र संस्थाका शेयर सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो ।  

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्