IMG-LOGO

नमोबुद्धमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रकृया शुरु

 मंगल, असोज २३, २०८०  ---

 

     भकुण्डेवेशी ÷ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न नमोबुद्ध नगरपालिकाले प्रकृया अघि बढाएको छ । नमोबुद्ध नगर प्रमुख कुनसाङ्ग लामाको अध्यक्षतामा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दल समेतको सहभागितामा बसेको व्यवस्थापन सहजिकरण समितिको बैठकले व्यवस्थापनका काम अघि बढाएको हो ।

     नगरपालिकाले यसअघि सबै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरिसकेको छ । ३५ दिनको म्याद दिएर संकलित आवेदन रुजु भइरहेको छ । १४ भूमिहीन दलित, ७० भूमिहीन सुकुम्बासी र ९ सय ७८ जना अव्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको नगरपालिकाले जनाएको छ । अझै छुट भएको हुन सक्ने भन्दै समितिले पुन सूचना प्रकाशनको लागि आयोगलाई अनुरोध गर्ने बताए ।

     बैठकमा नगर प्रमुख कुनसाङ्ग लामाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रचलित कानून र नियम अनुसार जग्गा उपलव्ध गराउने प्रशंसनीय भएको भन्दै यसले सरकारलाई समेत फाइदा पुग्ने बताए । नगर उपप्रमुख रत्नबहादुर लामाले गहिरो अध्ययन गरेर मात्रै यसबारे निर्णय लिनुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष मिण्डु लामाले जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित बसोबासीसंग कागजपत्र नभएको भन्दै निश्चित मापदण्ड बनाएर निर्णय गर्नुपर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक पुष्कर न्यौपानेले सरकारले सही नियतले व्यवस्थापन गर्न खोजेपनि भूमाफियासहरु सकृय हुनु सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताए । वडा नं २ का अध्यक्ष कबिराज श्रेष्ठले निवेदन दिन धेरै छुट भएको भन्दै पुन अवसर दिनुपर्ने बताए । वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले अव्यवस्थित बसोबासीलाई जग्गा दिन एउटा मापदण्ड बनाउनुपर्ने बताए । वडा नं ११ का अध्यक्ष कृष्णबहादुर तामाङले व्यवहारिक पक्ष पनि हेरिनुपर्ने बताए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्