IMG-LOGO

सदस्यहरुको वृहत्तर आर्थिक हितमा अग्रसर मनकामना साकोस

 मंगल, असोज २३, २०८०  ---

 

     श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधरणसभा शनिबार पञ्चकन्या बैंक्युटमा सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि ढकालले मनकामनाबाट धेरै सहकारीले सिक्ने कुरा रहेको उल्लेख गर्दै संस्थाले सहकारीको आधारभूत मूल्य मान्यतामा रहेर काम गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा सचिव होमनाथ ढुङ्गेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विदुर प्रसाद घिमिरेले आर्थिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक मोट प्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको थियो । ८ हजार ७ सय ६९ सेयर सदस्य रहेको  संस्थाको २४ करोड ९९ लाख ३७ हजार ३ सय रुपैंया शेयर पुुँजी,े ६ करोड ९ लाख १० हजार ८ सय ६४ खुद नाफा रहेको छ । संस्थाले आर्थिक वर्ष ०७९÷ ८० का लागि कूल शेयर लगानीको ७ प्रतिशत नगद लाभांश पारित समेत गरेको छ । संस्थाका अध्यक्ष बालकृष्ण दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उत्कृष्ट बचतकर्ता, बाल बचतकर्ता सम्मान, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सेवा केन्द्रलाई सम्मान गरीयो । सहकारीको साधारण सभाको अवसरमा बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष बालकृष्ण दाहालले सन्तुष्टि परीक्षणको योजना अघि सार्नुभएको थियो । सहकारीले जन्ममा खुसी र मृत्युमा सान्त्वना अभियानलाई यो बर्ष पनि निरन्तरता दिएको छ । यो आर्थिक बर्षमा सहकारीले श्रद्धाञ्जली तथा राहत कार्यक्रममा मात्रै ३ लाख ६० हजार खर्च गरेको बताइएको छ । त्यस्तै सुत्केरी खर्चका लागि ७६ हजार रुपैयाँ खर्च गरेको प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले जानकारी दिनुभयो । कार्यक्रममा बागमती प्रदेश वचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष केशवप्रसाद दंगाल, जिल्ला सहकारी संघका उपाध्यक्ष अमन पोटे, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका संचालक सत्यदेवी भट्टराई, सशेयर सदस्यहरु लगायत सहकारी अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । बनेपामा मुख्य कार्यलय रहेको श्री मनकामना साकोसको गोदामचोक, कौशलटार, बेथानचोक,पनौती, कोटेश्वर र पाँचखालमा सेवा केन्द्रहरु रहेका छन् । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्