IMG-LOGO

शेयर बजार अर्थतन्त्रको ऐना हो ः सांसद ढकाल

 मंगल, असोज २३, २०८०  ---

 

     भिजन सेक्यूरिटिज प्रालिको आयोजना तथा नेपाल धितो पत्र बोर्ड स्टक एशोसियशनको सहजीकरणमा धितोपत्र बजार सम्बन्धी एक दिने लगानी सचेतना अभिवृद्धि कार्यत्रक्रम शनिवार होटल उग्रचण्डीमा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि चितवन क्षेत्र नं १ राष्ट्रिय  स्वतन्त्र पार्टीका सांसद हरि ढकालले शेयर बजार धितोपत्र लगानी देशको अर्थतन्त्रको आर्थिक मेरुदण्को ऐना भएको बताउनुभयो । अर्थतन्त्र चलायमान बनाउने, शेयर बजारको लगानी गर्ने, लगानीकर्ताहरुलाई हतोत्साही बनाउने, दुःख दिने कार्य राज्यबाट बारम्बार भएको बताउँदै राज्यलाई खबरदारी गर्न ,दुःखको विद्रोह आफूले हिजो पनि गरेको अहिले पनि सांसद भएपछि झन बढी जिम्मेवार भएर उद्योगी, व्यवसायी र आम नागरिकको वृहत्तर हितमा आवाज उठाइराखेको  कुरा प्रमुख अतिथि हरि ढकालले बताउनुभयो । निजी क्षेत्रका लगानी कर्ता र नागरिकहरुको करबाट मात्र १२ खर्व राजश्व उठेर देशको अर्थतन्त्रमा योगदान पु¥याएको उल्लेख गर्दै उद्योग व्यवसायीहरुले देश र जनताको हितको लागि थप जिम्मेवारी बोध गरी अर्थतन्त्रको मजवुदको लागि काम गर्नुपर्ने र राज्यले उपयूक्त वातावरण बनाएर राम्रो नीति बनाउनुपर्ने तर्क सांसद ढकालले राख्नुभयो । शेयरमा लगानी गर्ने लगानी कर्ताहरु निक्कै सतर्क रहनुपर्ने , सेयरमा गरेको लगानी सम्पती हो, शेयरमा लगानी गर्नु भनेको हान्देनी, फाल्देन, ठोक्दे जस्ता अपशब्द प्रयोग नगरी कम्पनीका लगानीकर्ताले व्यक्तीगत स्वार्थ भन्दा माथि उठेर सबैको हित लगानीकर्ताको हितको लागी कार्य गर्नुपर्ने उहाँको तर्क थियो । ४२ खर्वको शेयरको कारोबार गर्ने, लगानी कर्ताहरुको पूँजीले अर्थतन्त्रको खम्बा बनेको सवाललाई  सरकारले नजरअन्दाज गर्न नहुने उहाँको तर्क थियो । कृषि क्षेत्रको व्यवसायीकरण, शेयर बजार, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर विकासमा राज्यको ध्यान केन्द्रित हुनुपर्ने त्यसमा आफू डटेर संसदमा उभिएर खबरदारी गरीराख्ने कुरा सांसद ढकालले गर्नुभयो । नेपाल उद्योग बाणिज्य संघका उपाध्यक्ष शुरकृष्ण वैद्य, बागमती उद्योग बाणिज्य संघका अध्यक्ष दिल सुन्दर श्रेष्ठ र काभे्र उद्योग बाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोकेले नीजि क्षेत्रको लगानीको सुरक्षा राज्यले नगरेसम्म देशको अर्थतन्त्र उकालो लाग्न नसक्ने बताउनुभयो । धितोपत्र बोर्डका निर्देशक विनय जस्याउ, भिजन सेक्युरिटिज प्रा.लिका अध्यक्ष राजकुमार तिमल्सिना, प्रशिक्षक सुवास भट्टराई लगायतले शेयर बजारमा गरीने लगानी सचेतनाको बारेमा प्रशिक्षण गर्नुभएको थियो । कार्यक्रममा उद्योगी व्यवसायी, शेयर बजारमा लगानी गर्ने लगानी कर्ताहरुको सहभागीता रहेको कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ जिल्ला संयोजक रमेश प्रसाद न्यौपाने, क्यान काभे्रका अध्यक्ष रामचन्द्र न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्