IMG-LOGO

सामुदायिक साकोस र ज्योति वहुद्देश्य सहकारी बीच एकीकरण हुने

 मंगल, असोज २३, २०८०  ---

 

     समुदायमा आधारित सामुदायिक बचत तथा सहकारी संस्था लि पनौती  र ज्योति बहुद्देश्य सहकारी संस्था लि एक आपसमा मर्च भई गाभिने भएको छ ।  २०५१ साल माघ १४ गते स्थापना भई १० वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेको ५१ हजार शेयर सदस्य र ४ अर्ब ५० करोडको कुल पूँजी रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र २०५५ सालमा स्थापना भई ६ हजार ९ सय शेयर सदस्य र १ अर्ब ४० करोडको कुल पूँजी रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्थाले एक आपसमा एकीकरण हुने सम्झौता विहिबार भएको हो । एकीकृत संस्थाको शेयर सदस्य संख्या ५९ हजार र कुल पूँजी रू ५ अर्ब ९० करोड हुनेछ भने शेयर पूँजी ४६ करोड पुग्नेछ । लगानीमा रहेको ऋण ४ खर्ब ६० करोड हुनेछ । बचत निक्षेप ४ अर्ब १० करोड हुनेछ । जगेडा कोष ४३ करोड हुनेछ र अन्य कोषहरु २० करोड गरी जम्मा कोष ६३ करोडको हुनेछ । दुबै संस्थाको आगामी साधारण सभाबाट एकीकरणको प्रस्ताव पारित भएपछि संस्थाको एकीकृत कारोबार हुनेछ । एकीकरण कार्यक्रममा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश बन्जारा ,जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष उदयराम कायस्थ, संस्थाका प्रमुख सल्लाहकार दीपक थापा, सल्लाहकार शम्भुलाल श्रेष्ठ, ज्योति बहुउदेश्यीय सहकारी संस्था लि. का सल्लाहकार राजकुमार हुमागाई र निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद दाहाल लगायतको उपस्थिती रहेको थियो । पनौती काभ्रे, पनौती नगरपालिका वडा नं. ४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकारहरु समेतको उपस्थितिका बीच एकीकरण सम्झौतामा हस्ताक्षर गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव मुकुन्द शर्माले गरेका थिए भने समापन ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष सुर्य मानन्धरले गरेका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्