बनेपा ब्वाइज क्लब बनेपा चौँथो संस्करणको रुपमा सञ्चालन गरेको बनेपा महोत्सव २०८० असोज १९ गते शुक्रबारबाट सुरु भएको छ । मुल आयोजक समितिका संयोजक महेशकुमार कर्माचार्यको सभापतित्वमा र बागमती प्रदेश खानेपानी सिंचाई तथा उर्जा मन्त्री तिर्थ लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश मन्त्री तिर्थ लामाले मध्य पहाडी जिल्लाको पूवीर्य मुख्य नाका बनेपा क्षेत्र ब्यापार, व्यवसाय उद्योगधन्दा सञ्चालनको सम्भावना भएको शहर भएको उल्लेख गर्दै काभे्र जिल्लाका सबै जनताहरुको आर्थिक र सामाजिक रुपान्तरण हुने गरी दिगो विकास लक्षका योजनाहरु लागत ढङ्गबाट अघि बढाउन लाग्नुपर्ने धारणा राख्नुभयो । मेला, महोत्सवले धर्म, संस्कृति, र संस्कारको जगेर्ना गर्नुको साथै जिल्लामा उत्पादन भएका कृषि उपजको बजारीकरण, प्रबद्र्दन सबै हुने बतावरण तयार गरी बनेपाको जुझारु युवा महेश कर्माचार्य सहितको क्रियाशिल युवा वर्गको जाकरुकताले मेला महोत्सव चौंथो पटक गर्न सकेको उदाहरण प्रस्तुत भएको जनाउँदै सयौं वर्ष सम्म समाजको आर्थिक, सामाजिक उन्नती प्रगतीको कार्य गर्न उत्साह जागरण काभे्र जिल्लामा विकास र समृद्धिले गन्तव्य पूरा गर्न आफूहरु निरन्तर लागि पर्ने कुरा मन्त्री लामाले बताउनुभयो । कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, राष्ट्रिय स्वतन्त्र पार्टी काभे्रका प्रतिनिधि जि एन सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी काभे्रका अध्यक्ष गणेशलाल श्रेष्ठ, नेपाली कागे्रस बनेपा नगर उपसभापति हरिशरण घिमिरे, बनेपा नगरपालिका वडा नं ७ वडा अध्यक्ष एवं बनेपा नगरपालिका कार्यबहाक नगर प्रमुख हिटलर शाक्य, बनेपा वडा नं ५ वडा अध्यक्ष बलराम अधिकारी, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र काभे्रकी लक्ष्मी महोत्सव आयोजक समिति प्रमुख सल्लाहकार राम जोशी, नेपाल जेसीसका केन्द्रीय अध्यक्ष विकास मानन्धर, नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष बद्रीराज तिमल्सिना, उद्यमी व्यवसायी र खेलकुद प्रेमी र स्थानीय व्यक्तिहरुको सहभागिता रहेको थियो । असोज बाँकी १९ गतेदेखि सञ्चालित महोत्सव कात्र्तिक ४ गते सम्म चल्ने छ । राष्ट्रिय कलाकारको सँस्कृतिक कार्यक्रम, फुटबल, भलिबल, मार्सल आर्ट, पिङ, बाल उद्यान, जस्ता कार्यहरुबाट मनोरञ्जन लिन सकिने कुरा कार्यक्रम मुख्य संयोजक पारसमणी कायस्थले जानकारी दिनुभयो । मुख्य प्रयोजक गोर्खा ब्रोअरीले आर्थिक सहायता उपलब्ध गराएको छ भने व्यनरमा गेर्खा बनेपा महोत्सव भनेर लेखेपछि सामाजिक संजालमा बनेपाको नाम बिगारेको भन्दै चरम विरोध भएपछि व्यनरबाट गोर्खा शब्द आयोजकले मेट्नु परेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सचित खड्काले गर्नुभएको थियो ।
