IMG-LOGO

धुलिखेल अस्पताललाई जापान सरकारले ३ अर्व अनुदान दिने

 मंगल, असोज २३, २०८०  ---

 

     धुलिखेल अस्पतालमा आकस्मीक केन्द्र विस्तार र ट्रमाका लागि जापान सरकारले ३ अर्व अनुदान सहयोग दिने भएको छ । अर्थ मन्त्रालयमा विहिबार भएको एक कार्यक्रम बीच दूई पक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । अर्थ सचिव कृष्णहरी पुस्कर र नेपालका लागि जापानका राजदुत किकूता युताकाको रोहोबरमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका ) कार्यालय प्रमुख प्रतिनिधि ओकुबो आकी मित्सुले हस्ताक्षर गरेका हुन् । धुलिखेल अस्पताल ट्रमा एण्ड एमर्जेन्सी सेन्टर सुधार परियोजनामा करीब २ अर्व ९५ करोड ८३ हजार ३ सय ९६ मिलिनियम जापानी येन बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।  परीयोजना कार्यान्वयन पछि दुर्घटनामा परेका घाइतेका उपचारको लागि आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, आइस्यू कक्ष र बाहिरी बिरामी परामर्श कक्ष सहितको ट्रमा तथा आपत्कालिन केन्द्र निर्माण गरी एमआर आई, सिटीस्यक्यान जस्ता चिकित्सा उपकरण उपलब्ध गराएर चिकित्सा सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने कुरा अस्पतालका प्रमुख कार्यकारी निर्देशक राकेश मकाजुले बताउनुभयो । उक्त आयोजनाको समय अवधि ४ वर्ष रहेको छ । प्रस्तावित अनुदान सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत सर्सत अनुदानका रुपमा परिचालित गरिने जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्