पर्यटकीय नगर रुपमा परिचित धुलिखेल नगरपालिकाले गत आ.व २०७९÷२०८० मा सञ्चालन गरिएका आयोजना तथा कार्यक्रमको वार्षिक प्रगति समिक्षा कार्यक्रम असोज २२ र २३ गते सम्पन्न गर्ने भएको छ । धुलिखेल वडा नं १ देखि १२ वडाका वडा अध्यक्षहरुले वडामा सम्पन्न गरेका योजनाहरुको बारेमा समिक्षा बैठकमा प्रस्तुत गर्नुभउको थियो । धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्याञ्जु, नगर उप प्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर लगायतले नगरको विकासको अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । धुलिखेल नगरपालिका वडा नं ७ का अध्यक्ष रोमी प्रसाद व्याञ्जुले छनौट भएका योजनाहरु सम्पन्न गरी ९७ प्रतिशत वित्तीय र भौतिक प्रगति भएको बताउनुभयो ।
