IMG-LOGO

रोशीमा ६ खानेपानी आयोजना सम्झौता

 मंगल, असोज १६, २०८०  ---

 

     रोशी । रोशी गाउपालिकाले सञ्चालन गरेको एक घर एक धारा अन्तर्गत ६ वटा खानेपानी आयोजना सम्झौता भएको छ । सोमबार रोशी गाउँपालिका र नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बीच खानेपानी तथा सरसफाइ आयोजना सम्बन्धि द्विपक्षीय सम्झौता भएको हो ।

     गाउँपालिकाको तर्फबाट गाउपालिका अध्यक्ष दिनेश लामा र नेवाको तर्फबाट बागमती प्रदेश प्रमुख मैत्रेयी शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरि द्विपक्षीय सम्झौता भएको छ । वडा नं १२ मा २ वटा, वडा न १० मा २ वटा र वडा न १ मा २ वटा गरि ६ वटा खानेपानी आयोजना सम्झौता भएको छ । सो आयोजनाबाट ३ सय ९८ घरधुरी, ३ बिद्यालय र १ स्वास्थ्य संस्थाका २ हजार ९ सय ६२ जना लाभान्वित हुनेछन् । तीनवटा वडामा २ हजार ४ सय ५३ धारा निर्माण हुनेछ । सो ६ वटा आयोजना सम्पन्न गर्नका लागि ३ करोड १० लाख २९ हजार ८ सय ६१ बजेट अनुमान गरिएका छन् ।

     सम्झौता कार्यक्रममा गाउपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ, गाउपालिका प्रबक्ता वसन्तकुमार लामा लगायत नेवाका प्रतिनिधिहरू सहभागी रहेका थिए ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्