IMG-LOGO

एम्नेस्टी इन्टरनेश्नल नेपाल समूह ४३ को साधारण सभा

 मंगल, असोज १६, २०८०  ---

 

     एम्नेस्टी इन्टरनेश्नल नेपाल समूह ४३ बनेपाको ३२ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । एम्नेस्टीका केन्द्रिय सदस्य वरुण कुँइकेलको प्रमुख आतिथ्यता एवं संस्थाका संयोजक वुद्धिमान जोशीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । समुहका सचिव सुरज मकै श्रेष्ठले सचिवको प्रतिवेदन र कोषाध्यक्ष प्रेमा दवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । समुहका संस्थापक संयोजक राजु सरकार, पूर्व संयोजक टिकाभक्त भोछिभोया, राजन भालु, सिद्धिगोपाल मानन्धर, हरिश्चन्द्र मानन्धर, उत्तम मानन्धर लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । वुद्धरत्न मानन्धरले सञ्चालन गर्नुभएको कार्यक्रममा पूर्व केन्द्रिय कोषाध्यक्ष हिरा शर्मा नेपाल, समूह ५५ पनौतीका सचिव गिता सापकोटा, सहसचिव साधुराम गिरी लगायत एम्नेस्टीका कार्यसमिति र साधारण सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्