वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलले अहिले चाडवाडलाई लक्षित गर्दै बजार अनुमगनलाई तिब्र बनाइरहेको छ । विभागले पनौतीमा बुधबार छापा मार्दा म्याद सकिएको २९ बोरा चामल बरामद गरेको छ । पनौती नगरपालिका ७ मा रहेको काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेको पसलमा (ओम श्री पसछे ट्रेडर्स) विभागले अनुगमनका क्रममा उक्त म्याद सकिएको चामल नस्ट गर्दै ट्रेडर्सलाई ३ लाख रुपैयाँ जरिवाना गरेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार ट्रेडर्सबाट ६७ हजार बराबरको म्याद सकिएको चामल बरामद गरिएको थियो ।
