IMG-LOGO

टिपरको ठक्करबाट एकको मृत्यु

 मंगल, असोज १६, २०८०  ---

 

     बनेपा नगरपालिका वडा नम्बर ७ धनेश्वरमा टिपरको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको बुधबार मृत्यु भएको छ । धनेश्वर गेट नजिकै बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा.८४ प ६९५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा. ४ ख.९९७५ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक रोशी गाउँपालिका वडा नम्बर ८ खार्पाचोकका ३९ बर्षीय सिद्धि कुमार लामाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । लामालाई शीर मेमोरीयल अस्पताल बनेपामा उपचार हुन नसकेपछि थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौँ रिफर गरिएको थियो । उनको न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने टिपर, टिपर चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्