IMG-LOGO

निर्माण व्यवसायी संघ काभ्रेको साधारण सभा सम्पन्न

 मंगल, असोज १६, २०८०  ---

 

     निर्माण व्यवसायी संघ काभ्रेको १३ औं वार्षिक साधारण सभा शुक्रबार लोटस इभेन्ट एण्ड रिसेप्सनमा सम्पन्न भएको छ । प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूका विद्यमान समस्या र समाधानका लागि सरकारले काम गर्नुपर्र्ने बताउनुभयो । विशिष्ट अतिथी जिसस काभ्रेका प्रमुख दीपक गौतमले धुलिखेलदेखि खावा सम्मको बाटोले निमार्ण व्यवसायीलाई लज्जीत बनाउने काम गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा, संघका  निर्वतमान अध्यक्ष उपेन्द्र घिसिङ, अन्य जिल्लाका अध्यक्षहरु, काभे्र उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोके, पत्रकार महासंघ काभे्रका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभयो । संघका अध्यक्ष विजय लामाले व्यवसायीको एकता र हितकोे लागि आफू प्रयासरत रहेको जानकारी दिनुभयोे । संघका सचिव प्रदिप गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिश बलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्