IMG-LOGO

रोशीमा रेविज बिरुद्धको सप्ताहव्यापी निःशुल्क खोप अभियान शुरु

 मंगल, असोज १६, २०८०  ---

 

     १७ औँ विश्व रेविज दिवस २०८० को अवसर पारेर रोशी गाउँपालिकाले सप्ताहव्यापी रेविज विरुद्धको निःशुल्क खोप अभियान शुरु गरेको छ । बुधबारदेखि रोशी गाउँपालिकाले सप्ताहव्यापी रुपमा रेविज विरुद्धको खोप अभियान शुरु गरेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । रेविजको जोखिम बढेकाले सप्ताहव्यापी खोप अभियान शुरु गरिएको हो । यो अभियानमा कुकुर र बिरालोलाई रेविज बिरुद्धको खोप लगाउदा रेविज न्युनिकरण हुने विश्वास लिएको लामाको भनाई छ । गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार खोप अभियान शुरु गरेको पशु सेवा शाखाका प्रमुख रघुनी शाहले जानकारी दिनुभयो । अभियानमा ६ सय कुकुर र विरालोलाई ६ सय डोज भ्याक्सीन लगाउने लक्ष्य राखेको शाहले जानकारी दिनुभयो । एक वडामा ५ वटा कुकुर र विरालोलाई भ्याक्सीन लगाउने अनुमान भएपनि अपुग भएमा फेरी थप्ने शाहले बताउनुभयो  । उहाँका अनुसार वडा नं. ७ मा १० गते, वडा नं. १ र २ मा असोज १२ गते, वडा नं. ३ मा १४ गते, वडा नं. ४ मा १५ गते, वडा नं. ५ मा १६ गते, वडा नं. ६ मा १७ गते, वडा नं. ८ मा १८ गते, वडा नं. ९ मा १९ गते, वडा नं. १० मा २१ गते, वडा नं. ११ मा २२ गते र वडा नं. १२ मा २३ गते खोप कार्यक्रम रहेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्