निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपा नगर समितिको आयोजनामा नगर स्तरीय लोकनृत्य प्रतियोगिता बुधबार अरनिको सभाहलमा सम्पन्न भएको छ । प्रतियोगितामा विद्यासागर स्कुल प्रथम, नाइटिङ्गेल स्कुल द्धितीय, प्रगति प्रभात स्कुल तृतीय, स्प्रिङहिल स्कुलले सान्त्वना पुरस्कार पाए भने भर्सटाइल डान्स ग्रिसल्याण्ड स्कुलले प्राप्त ग¥यो । गेष्ट पर्फमेन्स इशा मेमोरियल स्कुल र अर्किड स्कुलले राखेको उक्त कार्यक्रममा अजोन थिङ र सुमित्रा खड्का निर्णायक हुनुहुन्थ्यो । प्याब्सन बनेपा नगर समितिका अध्यक्ष कुमार मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य चन्द्र प्रसाद ताजपुरियाले स्वागत मन्तव्य, कार्यक्रम सञ्चालक शरण कुमार मानन्धरले कार्यक्रमको बारेमा विस्तृत जानकारी राख्नुभएको संयोजक एवं इशा मेमोरियल स्कुलका प्रवन्ध निर्देशक नारायण जोशीले जानकारी दिनुभयो ।
