नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभे्र शाखाले मुटुरोग रोकथाम उपचार बारे विशेषज्ञहरुबाट प्रस्तुति तथा मुटुरोग सम्बन्धि निबन्ध प्रतियोगिताको पुरस्कार वितरण शुक्रबार आजाद मा.वि मा सम्पन्न गरेको छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रिय अध्यक्ष बलराम न्यौपानेको प्रमुख आतिथ्यता एवं काभे्र शाखा अध्यक्ष अशोक कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विश्व मुटु दिवसको सन्दर्भमा आयोजित निबन्ध प्रतियोगितामा बनेपा निष्टकी रोजिना थापा प्रथम , विद्यासागर स्कुलका सुगम श्रेष्ठ द्धितीय र सञ्जिवनी मा.विका स्वरुप श्रेष्ठ तृतीय भएका थिए भने समिरा अधिकारी , श्रेया खतिवडा र एड्विन खनालले सान्त्वना पुरस्कार प्रापत गरे । प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई जनहि क्रमश रु १०,०००÷–, रु ५,०००÷–, रु ३,५००÷– र रु २,५००÷– नगद, प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा मुटुरोग विशेषज्ञ डाक्टरहरु अनिश जोशी, अरुण गुप्ता, हेमराज कोइरालाले जानकारीमुलक प्रस्तुति राख्नुभएको थियो । शाखाका सचिव सिद्धिबहादुर कर्माचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा उप सभापति टिकाभक्त भोछिभोयाले स्वागत मन्तव्य राख्नुभयो । यसैबिच विश्व मुटु दिवसको अवसरमा राष्ट्रिय सभाका सभापति गणेश तिमिल्सिनाले नेपाल हृदयरोग निवारण प्रतिस्ठान काभ्रे शाखाका सभापति अशोक श्रेष्ठलाई समुदायमा मुटुरोग बारे जनचेतना अभिबृद्दी गरे बापत काठमाडौमा आयोजित एक समारोहका बिच ल्भउब िज्भबचत ल्भत ब्धबचम द्दण्द्दघ प्रशंसा र सम्मान पत्र प्रदान गर्नुभएकोे थियो ।
