राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका मुद्दामा केन्द्रीत भएर आफूहरु अघि बढेको जिकिर गर्नुभएको छ । काभे्रपलाञ्चोकको बनेपामा नगर भेलालाई विहिबार सम्बोधन गर्दै उहाँले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताउनुभयो । सभापति लामिछानेले, “अब १५ दिन पार्टीको गतिविधि नगरेर भए पनि जनताकोमा गएर धान काट्नुस् ।” भन्ने निर्देशन कार्यकर्तालाई दिनुहुँदै रास्वपाले भ्रष्टाचारलगायत आपराधिक घटनाका विषयमा संसद्बाट विरोध जनाएको उल्लेख गर्नुभयो । भेलामा राष्ट्रिय स्वतन्त्र पार्टिका केन्द्रिय सदस्यहरु रमेश प्रसाइ, रमेश खरेल, दिपक बोहोरा, मनिष झा, असिम शाह लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । पार्टिले विहिबार नै बनेपा, धुलिखेल, पनौती र बेथान्चोकमा सभा गरेर नयाँ कार्य समिति समेत चयन गरेको नेता जि.एन सापकोटाले जानकारी दिनुभयो । बनेपामा सुरज मकै श्रेष्ठ, धुलिखेलमा माधव श्रेष्ठ, पनौतीमा बिवेक भट्टराई र बेथानचोकमा प्राणनाथ घिमिरेको नेतृत्वमा पालिका स्तरीय पार्टि समितिहरु गठन भएका छन् ।
