नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट अध्यक्ष पदमा कैलाश ढुङ्खेल निर्वाचित हुनुभएको छ । ढुङ्खेलले ६ सय ९६ र प्रतिस्पर्धी कृष्णप्रसाद दाहालले ४ सय ३९ मत प्राप्त गर्नुभएको थियो । जसको उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा पे्रमकुमार महर्जन र भक्तकुमारी लामा निर्वाचित हुनुभएको छ । कुल १ हजार १ सय ७२ प्रतिनिधि रहेको अधिवेशनमा १ हजार १ सय ३१ जनाले मतदानमा भाग लिएका थिए ।
नेकपा एमालेको बागमती प्रदेश कमिटीमा काभे्र जिल्लाबाट उप सचिव महिलामा भक्तकुमारी लामा, प्रदेश खुल्ला सदस्यमा ज्ञानबहादुर तामाङ, प्रदेश महिला खुल्ला सदस्यमा विमला कुमारी चौलागाई, प्रदेश युवा खुल्ला सदस्यमा जेनिश लामा, मजदुर खुल्ला सदस्यमा तारानिधि पन्त, प्रदेश आदिवासी जनजाति खुल्ला सदस्यमा हर्कमान तामाङ, जिल्ला क्षेत्र नं १ सदस्यमा जितबहादुर रानामगर, दिलिप तामाङ, महिलामा गीता बञ्जारा, जिल्ला क्षेत्र नं २ सदस्यमा कञ्चन अधिकारी, हरीशरण दाहाल र महिलामा राजन कुमारी बैदार, जिल्ला खुल्ला सदस्यमा इन्द्रबहादुर तामाङ, कुमार तिमल्सिना, चुणामणि गौतम, टुल्कु लामा, ठाकुर बास्कोटा, नोर्वु लामा, रमेश पौडेल, बिदुर प्रसाद सापकोटा, महिला सदस्यमा अम्विका हमाल, डा. अम्बु भवानी कार्की, मञ्जु गौतम, जिल्ला युवा सदस्यमा राकेश लामा, महिला सदस्यमा विमला सञ्जेल र दलित महिला सदस्यमा गीता सुनार चयन हुनुभएको छ ।
