IMG-LOGO

हत्यामा संलग्न २ जना प्रहरीद्वारा पक्राउ

 मंगल, असोज १६, २०८०  ---

 

          बनेपा नगरपालिका वडा नं १ टिमुरेचौर, घिमिरे गाउँमा मृत फेला परेका सिन्धुली जिल्लाको मरिण गाउँपालिका वडा नं ५ का ५५ बर्षीय दूधलाल थिङको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चागँुनारायण नगरपालिका वडा नं ८ का २१ बर्षीय समिर राय र बनेपा नगरपालिका वडा नं १ का २२ बर्षीय इश्वर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाले थिङको हत्या गरेको  स्विकार गरेका छन् । घटना लगतै प्रहरी चौकी नाला र इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ईलाका प्रहरी कार्यालय बनेपाबाट सादा पोशाकमा प्रहरी परिचालन गरी घटनास्थल वरपर निरन्तर निगरानी, घटनाको सुक्ष्म अध्ययन, गोप्य सुचना संकलनबाट घटनामा संग्लन अभियुक्तलाई १२ घण्टाभित्रै पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । डिएसपी सुवेदीका अनुसार, मादक पदार्थ सेवन गरेका राय र विकको सोही स्थानमा मजदुरी गर्दै आएका थिङ विच भनाभन भएको थियो । राय र विकले क्षणिक आवेग नियन्त्रण गर्न नसकि थिङलाई भुईमा लडाई पछाडीबाट टाउकोमा ढुंगा प्रहार गरी फरार भएका थिए । छोरा ग्याम्जोको जाहेरीको आधारमा प्रतिवादीहरुलाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्