IMG-LOGO

कस्मेटिक प्रोडक्ट “स्याहार” बारे जानकारी

 मंगल, असोज ९, २०८०  ---

 

      धुलिखेल अस्पतालमा लामो समय देखि उत्पादन र बितरण हुँदै आएको कस्मेटिक प्रोडक्ट “स्याहार” बारे सोमबार पत्रकार मार्फत जनमानसमा जानकारी दिइएको छ । छालासम्बन्धी स्याहार एवं उपचारका लागि अनुसन्धान एवं विकास योजनाका रुपमा सन् २०१५ देखि धुलिखेल अस्पतालले स्याहारका उत्पादनहरु गर्न थालेको हो । अस्पतालका सेवाग्राहीहरुलाई सुलभ मूल्यमै अन्तर्राष्ट्रिय गुणस्तरका कस्मेटिक उत्पादनहरु उपलब्ध गराउनु नै यसको मुख्य लक्ष्य रहेको बताइएको छ ।  यस क्रममा सन् २०१६ मा केवल ३ वटा प्रडक्टहरु धुलिखेल अस्पतालको फार्मेसीबाट विक्री वितरण गर्न थालिएको थियो । अक्टोबर २०१८ बाट अस्पताल परिसरमै छुट्टै आउटलेट खडा गरी विक्री वितरण गर्न थालिएकोमा जुलाई २०२० मा नाफारहित संस्थाको रुपमा कम्पनी रजिष्ट्रर गर्नुका साथै ट्रेडमार्क पनि दर्ता गरिएको स्याहार का प्रशासन सहायक सचिन माकजुले जानकारी दिनुभयो । हाल स्याहारका ५० थरि स्किन केयर प्रडक्ट क्रिम, झोल, साबुन, लिप केयरका रुपमा उपलब्ध छ जसको मूल्य १५० देखि ५००० सम्म पर्न जान्छ । स्याहारका उत्पादनहरु मध्ये एन्टी एजिङ र मोइस्चराईजर प्रडक्टहरु निकै रुचाइएका छन् । अहिले यसको उत्पादन स्थल धुलिखेल अस्पतालको बालुवा स्वास्थ्य केन्द्र (आउटरिच सेन्टर) मा रहेको भने स्याहारका उत्पादनहरु नेपाल अधिराज्यभरि ७ वटा विक्री कक्षबाट विक्री वितरण भैरहेको छ । प्रा.डा. सुमनराज ताम्राकारले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा डा. दिपेश ताम्राकारले भारतको केरला राज्यमा फैलिइरहेको निपा भाइरस संक्रमण, जोखिम र साबधानीका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्